दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गराैँ : प्रधानसेनापति
काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ र इमान्दार जनशक्ति उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई आग्रह गरेका छन् ।
संस्थानको १५औँ स्थापना दिवसका अवसरमा आज यहाँ अयाोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा स्वास्थ्य क्षेत्रका जनशक्तिको थप आवश्यकताको वर्तमान अवस्थालाई मध्यनजर गरी यस क्षेत्रमा थप गुणस्तरीय जनशक्ति उत्पादन गर्ने एक उत्कृष्ट शैक्षिक संस्थाका रुपमा आफूलाई स्थापित गरी अघि बढ्न सो संस्थानलाई शुभकामना दिए ।
चिकित्सा क्षेत्रजस्तो संवेदनशील एवं महत्वपूर्ण विषयका जनशक्ति उत्पादन गरेर छोटो समयमै स्वदेश तथा विदेशमा आफूलाई सुपरिचित गराउन सकेकामा संस्थानको प्रशंसा गर्दै प्रधान सेनापति सिग्देलले आगामी दिनमा समयानुकूल थप गुणस्तारीय फड्को मार्दै अघि बढ्न आग्रह पनि गरे ।
त्यस अवसरमा उनले उक्त संस्थानमा अध्ययनरत विभिन्न विधाका उत्कृष्ट विद्यार्थी, चिकित्सक एवं कर्मचारीहरुलाई पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा संस्थानका निर्देशक प्रा डा देवेन्द्रबहादुर खत्रीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थानले हाल सञ्चालन गरिरहेका विभिन्न विषय र कार्यक्रमहरुको अवस्था र आवश्यकताका बारेमा जानकारी गराए ।
संस्थानका अर्का निर्देशक पुरुषोत्तम खड्का र प्राचार्य प्राडा रत्ना अधिकारीले संस्थानका प्राज्ञिक एवं प्रशासनिक गतिविधिहरुका बारेमा जानकारी गराएका थिए । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा डा मोहनराज शर्माले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले मुलुकको स्वास्थ्य क्षेत्रका लागि आवश्यक दक्ष एवं उत्कृष्ट जनशक्ति उत्पादन गरिरहेको बताए ।
नेपाली सेनाको कल्याणकारी कोषअन्तर्गत २०६७ सालमा स्थापना भएको यस संस्थानले उच्च शिक्षाका माध्यमबाट चिकित्सक, नर्सहरुदेखि विशेषगरी स्वास्थ्य क्षेत्रका जनशक्तिहरु उत्पादन गरिरहेको छ ।
हाल सो संस्थानले स्नातक तहमा पाँच र स्नातकोत्तर तहमा २३ विभिन्न विषय एवं शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त संस्थानमा सञ्चालित सबै विषय र सङ्कायका गरी करिब एक हजार ४०० विद्यार्थी र २४८ सङ्काय सदस्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण