मन्त्रिपरिषद् विस्तार
यस्तो छ मधेस प्रदेशको १२ सदस्यीय मन्त्रिपरिषद्
मङ्गलबार, १२ जेठ २०८३, १९ : ५४
सारांश
- मधेस प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ।
- प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले ५ मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
- नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीका सदस्यहरूले विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
काठमाडौँ । मधेस प्रदेश मन्त्रिपरिषद् विस्तार भएको छ । मङ्गलबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले ५ मन्त्रीहरूलाई पद तथा गोपनीयता शपथ ग्रहण गराएसँगै १२ सदस्यीय मन्त्रिपरिषद् विस्तार भएको हाे।
नेपाली कांग्रेसबाट नागेन्द्र शाह स्वास्थ्यमन्त्री बनेका छन्। नेपाली कम्युनिस्ट पार्टीबाट युवराज भट्टराई अर्थमन्त्री बनेका छन्।
त्यस्तै नेकपा एमालेबाट मनोज सिंह शिक्षा तथा संस्कृति मन्त्री, लखनदास तत्मा खेलकुद तथा समाज कल्याण मन्त्री बन्दा शारदा थापा श्रम तथा यातायात मन्त्री बनेकी छन्।
मोहम्मद समिर भौतिक तथा पूर्वाधार मन्त्रालय बनेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण