मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
सारांश
- मधेस प्रदेशमा मंगलबार मन्त्रिपरिषद् विस्तार भएको छ ।
- नवनियुक्त ५ मन्त्रीले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
काठमाडौँ । मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मङ्गलबार मन्त्रिपरिषद् विस्तार भएको हो । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयता शपथ ग्रहण गराएका छन् ।
युवराज भट्टराईलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। लखनदास तत्मालाई खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
शारदादेवी थापालाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइँदा मनोज कुमार सिंहलाई श्रम तथा संस्कृति मन्त्रालयको र नागेन्द्र शाहलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ।
मोहम्मद समीर भौतिक तथा पूर्वाधार मन्त्री बनेका छन्। यसअघि उनी विना विभागीय मन्त्री थिए।
दलगत भागबण्डाअनुसार नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसबाट एक/एक जना मन्त्री बनेका छन् । यस्तै नेकपा एमालेबाट चार मन्त्री सरकारमा सहभागी भएका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण