प्रतिनिधिसभा नियमावली मस्यौदामा संशोधन दर्ता गर्ने ३५ सांसद को–को हुन् ?
सारांश
- प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले पेस गरेको प्रतिवेदनमा ३५ सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति गणेश पराजुली रहेको समितिले पेस गरेको मस्यौदामा विभिन्न राजनीतिक दलका सांसदहरूले व्यक्तिगत र सामूहिक प्रस्ताव दर्ता गरेका हुन् ।
- दर्ता भएका संशोधन प्रस्तावहरूमाथि अब प्रतिनिधिसभाको बैठकमा दफावार छलफल हुनेछ र सदनले पारित गरेपछि नयाँ नियमावलीले पूर्णता पाउनेछ ।
काठमाडौँ । ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ मा ३५ सांसदले संशोधनको प्रस्ताव दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुली सभापति रहेको समितिले प्रतिनिधिसभामा पेस गरेको मस्यौदामाथि विभिन्न राजनीतिक दलका सांसदहरूले व्यक्तिगत र सामूहिक प्रस्ताव दर्ता गराएका हुन् ।
मस्यौदा समितिको प्रतिवेदनमाथि परेका संशोधनहरूमा नियमावलीका विभिन्न प्रावधानहरूलाई परिमार्जन गर्न माग गरिएको छ।
नियमावलीमा सत्तारुढ दल रास्वपाका सांसदले पनि संशोधन दर्ता गराएका छन् रास्वपाका सहमहामन्त्रीसमेत रहेका विपिन आचार्य, सागर ढकाल, भरत गिरी, शम्भुप्रसाद ढकालले पनि संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
संशोधनको सूचना दिनेहरूमा नरेन्द्रकुमार केरुङ, भरतबहादुर खड्का र हर्कराज राई छन्। हर्कराज राईले राधिका रम्तेल, पूर्ण प्रसाद लिम्बु र आरेन राईसँग मिलेर छुट्टाछुट्टै संशोधन दर्ता गराएका छन् । आरेन राईले एकल रूपमा पनि संशोधन पेस गरेका छन् ।
त्यसैगरी, महेन्द्रबहादुर शाही, शम्भुप्रसाद ढकाल, गणेशबहादुर विश्वकर्मा, डा.प्रमिलाकुमारी गच्छदार र गीता गुरुङले पनि मस्यौदामाथि आफ्ना सुधारका सुझाव समेटेर संशोधन दर्ता गराएका छन् । संशोधन हाल्ने अन्य सांसदहरूमा रीना उप्रेती (केसी), सुशीला ढकाल (आचार्य), सरस्वती लामा, ताहीर अलि भाट र मातृका प्रसाद यादव छन् ।
सदनको नियमावली परिमार्जनका लागि गङ्गालक्ष्मी अवाल, भरत गिरी, पार्वती वि।क।, गोपाल शर्मा, कमल सुबेदी र विष्णुमाया बि.क.ले पनि संशोधन दर्ता गराएका छन् । यज्ञबहादुर बोगटी, गङ्गादेवी श्रेष्ठ, साजिदा खातुन सिद्धिकी, टुकाभद्रा हमाल, यशोदाकुमारी बराल र भूमिका लिम्बु सुब्बाले पनि संशोधन दर्ता गराएका छन् ।
निता घतानी, कृपाराम राना, लक्ष्मीप्रसाद पोखरेल, गुरुप्रसाद बराल, क्षितिज थेबे र कुलभक्त शाक्यले संशोधन दर्ता गराएका छन् । सागर ढकाल र विपिन कुमार आचार्यले संयुक्त रूपमा संशोधनको सूचना दिएको संसद् सचिवालयको विधेयक शाखाका उपसचिव त्रिविक्रम ज्ञवालीले वानकारी दिए ।
दर्ता भएका यी सबै संशोधन प्रस्तावहरूमाथि अब प्रतिनिधिसभाको बैठकमा दफावार छलफल हुनेछ। सांसदहरूले राखेका यी प्रस्तावहरूलाई सदनले पारित गरेपछि मात्र नयाँ नियमावलीले पूर्णता पाउनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण