सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

प्रहरीको प्राविधिक तर्फका ३ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

बिहीबार, १४ जेठ २०८३, ०८ : ३१
बिहीबार, १४ जेठ २०८३

सारांश

  • गृह मन्त्रालय बढुवा समितिले नेपाल प्रहरीका ४ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एस एसएसपी) पदमा बढुवा गर्न सिफारिस गरेको छ।
  • जनपदतर्फ १ जना, स्वास्थ्य उपसमूह (चिकित्सक) तर्फ १ जना र इन्जिनियरिङ्ग उपसमूह (सूचना प्रविधि कम्प्युटर) तर्फ २ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ।
  • प्रहरी नियमावली, २०७१ को नियम २७ को उप(नियम (४) अनुसार रिक्त पदहरूमा बढुवाका लागि नामावली सार्वजनिक गरिएको हो।

काठमाडौँ । नेपाल प्रहरीका प्राविधिक समूह तर्फका ३ जना प्राविधिक प्रहरी उपरीक्षक (एसपी)लाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । 

प्राविधिक समूह स्वास्थ्य उपसमूहको चिकित्सातर्फका एसपी डा. सेवन श्रेष्ठलाई सोही समूहको प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । 

इन्जिनियरिङ समूहका कम्युटरतर्फका एसपीद्ववय सरोज शाक्य र मनिषराज सापकोटालाई सो समूहको वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बुधबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस सूची प्रकाशन गरेको हो ।

23
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप