बकर इदले सामाजिक सद्भाव र राष्ट्रिय एकता थप मजबुत: मुख्यमन्त्री आचार्य
सारांश
- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बकर इद पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
- उनले नेपाल विविध भाषा, धर्म, संस्कृति र परम्पराले समृद्ध मुलुक भएको र चाडपर्वहरूले सामाजिक सद्भाव, आपसी विश्वास तथा राष्ट्रिय एकतालाई सुदृढ बनाउँदै आएको बताए ।
- मुख्यमन्त्री आचार्यले त्याग, बलिदान, मानव सेवा र परोपकारको सन्देश दिने बकर इद पर्वले समाजलाई अझ सहिष्णु, सभ्य र एकताबद्ध बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरे ।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बकर इद पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
बकर इदको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले नेपाल विविध भाषा, धर्म, संस्कृति र परम्पराले समृद्ध मुलुक भएको उल्लेख गरेका हुन् । उनले विभिन्न समुदायले मनाउने चाडपर्वहरूले सामाजिक सद्भाव, आपसी विश्वास तथा राष्ट्रिय एकतालाई सुदृढ बनाउँदै आएको बताए ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले सबै धर्म, संस्कृति र परम्परालाई समान सम्मान गर्दै मौलिक भाषा, कला तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे।
उनले त्याग, बलिदान, मानव सेवा र परोपकारको सन्देश दिने बकर इद पर्वले समाजलाई अझ सहिष्णु, सभ्य र एकताबद्ध बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरे । विविधताको सम्मान र सांस्कृतिक सहअस्तित्वबाट मात्रै समृद्ध समाज निर्माण सम्भव हुने धारणा उनले व्यक्त गरेका हुन ।
मुख्यमन्त्री आचार्यले मौलिक संस्कृति, भाषिक पहिचान र धार्मिक परम्पराको जगेर्नामार्फत समृद्ध लुम्बिनी प्रदेश निर्माणमा सबै समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताए । शुभकामना सन्देशमार्फत उनले बकर इदको पावन अवसरले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र आपसी एकताको भावना अभिवृद्धि गरोस् भन्ने कामना गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण