सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

प्रताप दासको ‘नौ डाँडा काटेर’मा आशीर्वाद र अश्विनीको रोमान्स

बिहीबार, १४ जेठ २०८३, ०९ : ५६
बिहीबार, १४ जेठ २०८३

सारांश

  • लोकप्रिय गायक प्रताप दाशको नयाँ गीत ‘नौ डाँडा काटेर’ सार्वजनिक भएको छ ।
  • गीतले प्रेम, पारिवारिक हैसियत र वर्गमा हुने अन्तरलाई बाहिर ल्याउन खोजेको छ ।
  • नर्वेमा बसोबास गर्ने नेपाली युवाहरूको संस्था ‘धड्कन नेपाल ग्रुप’ले यो गीत निर्माण गरेको हो ।

काठमाडौँ । लोकप्रिय गायक प्रताप दाशको नयाँ गीत ‘नौ डाँडा काटेर’ सार्वजनिक गरिएको छ । प्रताप शाहीको शब्द तथा सुवास पुन मगरको सङ्गीत रहेको गीतले प्रेम, पारिवारिक हैसियत र वर्गमा हुने अन्तरलाई बाहिर ल्याउन खोजेको छ ।

गीतको भिडियोमा अभिनेता आशीर्वाद क्षेत्री र अभिनेत्री अश्विनी शाहीको अभिनय छ । राजाराम पौडेल, विशाल पहाडी, सङ्गी अधिकारी पोखरेल, सृष्टि घिमिरे, चेतना काफ्लेको अभिनय समेत भिडियोमा देख्न सकिन्छ ।

हरि हुमागाईँले निर्देशन तथा सम्पादन रहेको भिडियो उत्तम हुमागाईँले छायाङ्कन गरेका हुन् । नर्वेमा बसोबास गर्दै आएका नेपाली युवाहरूको संस्था ‘धड्कन नेपाल ग्रुप’ले निर्माण गरेको यो गीत केवल मनोरञ्जनमा मात्र सीमित नरही व्यावसायिक कामसँगै सामाजिक सेवालाई पनिसँगै अगाडि बढाउने उद्देश्यले निर्माण भएको हो । हालै निर्माण टोली भक्तपुरस्थित ‘सहारा केयर सेन्टर’ पुगेर त्यहाँ आश्रित वृद्ध वृद्धाहरूलाई आर्थिक सहयोग हस्तान्तरण गरेको थियो ।

धड्कन नेपाल ग्रुपका संस्थापकहरू सङ्गीतकार मगर र गीतकार शाही हुन् । लामो समयदेखि नेपाली सङ्गीत क्षेत्रमा सक्रिय रहेका सङ्गीतकार मगर हाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युरोप शाखाका अध्यक्ष समेत रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप