एनिमे फेस्टिभलमा कोस्प्ले मोडेलहरूले ‘फुट जुस’ बेचेपछि ...
सारांश
- क्यालिफोर्नियामा भएको एनिमे फेस्टिभलमा कोस्प्ले मोडेलहरूले फलफूलको जुसमा खुट्टा डुबाएर 'फुट जुस' बिक्री गरेका छन् ।
- यो अनौठो पेय करिब १० देखि १५ अमेरिकी डलर प्रति कपमा बिक्री भएको थियो र एक घण्टाभन्दा कम समयमा सकिएको थियो ।
- यो स्टल फ्यानिमे कोनको आधिकारिक हिस्सा नभए पनि 'फुट जुस' कार्यक्रमको चर्चित आकर्षण बनेको थियो ।
क्यालिफोर्निया । एनिमे कन्भेन्सनहरू प्रायः अनौठा गतिविधिहरूका लागि चर्चित हुन्छन् । हालै क्यालिफोर्नियामा भएको एक फेस्टिबलमा कोस्प्ले मोडेलहरूले ‘फुट जुस’ बेचेको घटनाले विश्वको ध्यान खिचेको छ । रिपोर्टअनुसार, यो ‘फुट जुस’मा फलफूलको जुसमा मोडलहरूको खुट्टा डुबाइएको थियो । यही जुसलाई पछि पेयका रूपमा बिक्री गरियो ।
प्रति कप करिब १० देखि १५ अमेरिकी डलर मूल्य राखिएको भए पनि ग्राहकहरूले यति महँगो पैसा तिरेर पनि यो जुस खाए । विभिन्न रिपोर्टहरूका अनुसार यो अनौठो उत्पादन एक घण्टाभन्दा कम समयमा नै सकिएको थियो ।
यो स्टल आधिकारिक रूपमा यस वर्षको फ्यानिमे कोनको हिस्सा थिएन । बरु यो पार्कन’ नामक बाहिरी कार्यक्रममा भएको थियो, जहाँ लगभग जो–कोहीले आफ्नै स्टल राखेर गतिविधि गर्न सक्ने व्यवस्था थियो । तस्बिर र भिडियोहरूमा कोस्प्ले पहिरनमा रहेका सहभागीहरूले ‘फुट जुस’ बिक्रीसम्बन्धी संकेत समातेको र केहीले ग्राहकले खुट्टाबाट तपतप चुहिरहेको जुस पिइरहेको देखिएको थियो ।
यो “फुट जुस” उक्त कार्यक्रमको सबैभन्दा चर्चित आकर्षण बनेको बताइएको छ । धेरैले यसलाई अत्यधिक असामान्य र विवादास्पद मार्केटिङ शैली भनेका छन् । तर बिक्रीको गति हेर्दा यो उत्पादनले अपेक्षाभन्दा धेरै ध्यान र ग्राहक दुवै पाएको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण