वीपी राजमार्ग पुनर्निर्माणको काम अघि बढ्यो,समयमै सक्न निर्देशन
सारांश
- आठ महिनाअघि बाढीले ध्वस्त पारेको वीपी राजमार्ग पुनर्निर्माणको कामले गति लिएको छ ।
- जापानको सहयोगमा पिप्ले–बर्खेखोला खण्डको ३।२ किमी सडक जापान सरकारको २ अर्ब ८० करोड येन अनुदानमा सिमिजु कर्पोरेसनले निर्माण गर्नेछ ।
- पुनर्निर्माणसँगै अब यो राजमार्ग दुई लेनको हुनेछ र आगामी वर्षभित्र कालोपत्रसहितको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
काठमाडौँ । आठ महिनाअघि बाढीले ध्वस्त पारेको वीपी राजमार्ग पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । पूर्वाधार विकास सचिव गोपालप्रसाद सिग्देल, नेपालका लागि जापानका राजदूत माएदा तोरुलगायतले दुई दिन अघि शिलान्यास गरेको सडक पुनर्निर्माणको कामले गति लिएको हो ।
उक्त राजमार्ग पुनर्निर्माणको काम जापानको सहयोगमा चलिरहेको छ । गत वर्षको बाढी पहिरोले क्षतिग्रस्त वीपी राजमार्गको ३० किलोमिटर सडक खण्डमा क्षति पुर्याएको थियो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा राजमार्गलाई स्तरोन्नतिसहित पुनर्निर्माण अघि बढाइएको छ ।
जापानको सहयोगमा पिप्ले–बर्खेखोला खण्डको ३।२ किमी सडक जापान सरकारको २ अर्ब ८० करोड येन अनुदानमा सिमिजु कर्पोरेसनले निर्माण गर्ने सहमति भइसकेको छ भने नेपाल सरकारको लगानीमा अन्य तीनवटा खण्डका लागि सरकारले ८ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति दिइसकेको छ ।
यस अन्तर्गत काभ्रेतर्फका तीन खण्ड र सिन्धुलीको एक खण्डमा ठेक्का लागेर धमाधम काम भइरहेको छ । पुनर्निर्माणसँगै अब यो राजमार्ग दुई लेनको हुनेछ । सडकका ५ वटा पुललाई पनि दुई लेनमा परिणत गरिनेछ । बाढीबाट पुनः क्षति नहोस् भन्नका लागि ‘आरसीसी’ पर्खाल, प्लम्प पर्खाल र सडक चौडा गर्ने कामलाई तीव्रता दिइएको छ । आगामी वर्षभित्र कालोपत्रसहितको काम सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनाले वीपी राजमार्गलाई पहिलेभन्दा अझ सुरक्षित र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।
वि.सं. २०५३ देखि जापानकै सहयोगमा निर्माण सुरु भएको यो राजमार्ग २०७२ मा नेपाललाई हस्तान्तरण गरिएको थियो ।
पुनर्निर्माण भइरहेको राजमार्गको पूर्वाधार विकास सचिव सिग्देलले अनुगमन समेत गरेका छन् । उनले अनुगमनका क्रममा निर्माणको काम समयमै सक्न निर्माण व्यवसायीहरूलाई निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण