एसियन गेम्स महिला टी–२० छनोटमा नेपालको लगातार दोस्रो जित
सारांश
- एसियन गेम्स महिला टी-२० छनोटमा नेपालले इन्डोनेसियालाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ ।
- इन्डोनेसियाले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य नेपालले कप्तान इन्दु वर्माको अविजित ४२ रनको मद्दतले ६ विकेटको क्षतिमा पार गर्यो ।
- यस जितसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ, जसले एसियाली खेलकुद २०२६ को लागि स्थान पक्का गर्नेछ ।
क्वाललम्पुर । एसियन गेम्स महिला टी- २० छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार क्वाललम्पुरस्थित बायोमास ओभल मैदानमा भएको खेलमा नेपालले इन्डोनेसियलाई ४ विकेटले पराजित गरेको हो ।
इन्डोनेसियाले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा ३ बल अगावै पछ्यायो । नेपालका लागि कप्तान इन्दु वर्माले नटआउट रहँदै सर्वाधिक ४२ रन बनाइन् । उनले ४३ बलको सामना गर्दै ५ चौका प्रहार गरिन् । सोनी पाखरिनले ३६ बलमा २९ रनको योगदान दिइन् ।
त्यस्तै, कविता कुँवरले १४ रन तथा सीता राना मगरले नटआउट रहेर १३ रन जोडिन् । पूजा महतोले ९ रन बनाइन् । इन्डोनेसियाका लागि नी मेड पुत्री सुवानडेवी र नी आरियानीले २-२ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय १३ रन बनाएको थियो । टोलीका लागि कप्तान नी पुतु आया नन्दा साकारिनीले अर्धशतकीय पाली खेल्दै ५६ रन जोडिन् । उनलाई नी लुह डेवीले २३ रन बनाउँदै राम्रो साथ दिइन् ।
नेपालका लागि मनिषा उपाध्यायले २ विकेट तथा रिया शर्माले १ विकेट हात पारिन् । प्रतियोगिताको समूह बीमा रहेको नेपालको यो लगातार दोस्रो जित हो । टोलीले पहिलो खेलमा चीनलाई १९ रनले हराएको थियो ।
योसँगै नेपाल दुई खेलबाट ४ अङ्क बटुल्दै समूह विजेता बनेको छ भने २ अङ्क बटुलेको चीन उपविजेता बनेको छ । अब नेपालले समूह ए को उपविजेता बनेको मलेसियासँग सेमिफाइनल खेल खेल्नेछ ।
फाइनल पुग्ने दुई टोली र तेस्रो स्थानको प्लेअफ जित्ने एक गरी कुल तीन टोलीले जापानको आइची–नागोयामा हुने एसियाली खेलकुद २०२६ का लागि स्थान पक्का गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण