सहकारी बैंकको अध्यक्षमा लक्ष्मी उप्रेती निर्वाचित
सारांश
- राष्ट्रिय सहकारी बैंक लिमिटेडको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित भएका छन् ।
- ७ जना सञ्चालक सदस्यहरूकाबिच भएको मतदानमा उप्रेतीले ५ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन् ।
- बैंकको जेठ ९ गते सम्पन्न निर्वाचनबाट सात प्रदेशका सात जना सञ्चालक निर्वाचित भएका थिए ।
काठमाडौँ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित भएका छन् । ७ जना सञ्चालक समितिका सदस्यहरुकाबिच भएको मतदानमा उप्रेतीले ५ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षका प्रत्यासी परितोष पौड्यालले २ मत पाएको सञ्चालक समिति स्रोतले जनाएको छ । बैंकको जेठ ९ गते सम्पन्न निर्वाचनबाट सात प्रदेशका सात जना सञ्चालक निर्वाचित भएका थिए।
सञ्चालक समितिका सदस्यहरूको बहुमतबाट अध्यक्ष चयन गर्ने पछिल्लो पटक संशोधित विनियम अनुसार बिहीबार भएको सञ्चालक समितिको बैठकमा मतदान भएको थियो । मतदानमा उप्रेतीको पक्षमा ५ जना र परितोष पौड्यालको पक्षमा २ जनाले मतदान गरेका थिए ।
राष्ट्रिय सहकारी महासङ्घको सञ्चालक रहेका पौडेल बैंकको अध्यक्ष बन्नका लागि सहकारी बैंकको सञ्चालक बन्न आएका थिए । तीन राजनीतिक दलहरूको सहमतिमा बागमती प्रदेशबाट निर्वाचित पौड्याललाई अध्यक्ष बनाउने सहमति भएको थियो ।
तर बैंकका निर्वाचित सञ्चालकहरूले बैंकका निवर्तमान लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीलाई निर्वाचित गरेको हो । उप्रेती कोशी प्रदेशबाट सर्वसम्मत निर्वाचित भएका थिए ।
२०७० मा लेखा सुपरिवेक्षण समिति सदस्य तथा २०७५ र २०७९ मा लेखा सुपरिवेक्षण समितिका संयोजक रहेका उप्रेती बैंकको आगामी कार्यकालका लागि अध्यक्ष चयन भएका हुन् ।
तीन राजनीतिक दलबिच गठबन्धन भएर सहकारी बैंकको निर्वाचनमा दुई समूहमा विभाजन भएका छन् । एमालेका आधिकारिक उम्मेदवार पौड्याललाई जम्मा दुई मत परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण