अपडेट
गणतन्त्र दिवस मनाउन टुँडिखेल पुगे बालेन, गर्ने छैनन् सम्बोधन
शुक्रबार, १५ जेठ २०८३, ०९ : १६
सारांश
- आज गणतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ।
- सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन शाहलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको छ।
- कार्यक्रममा सहभागी भए पनि प्रधानमन्त्री शाहले सम्बोधन भने गर्ने छैनन्।
काठमाडौँ । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रमको साथ मनाइँदै छ। पहिलो संविधान सभाबाट २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो।
गणतन्त्र दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरी सरकारले गणतन्त्र दिवस मनाइरहेको छ ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन शाहलगायत विशिष्ट व्यक्तित्वहरू सहभागी भएका छन् । कार्यक्रममा सहभागी भए पनि प्रधानमन्त्री शाहले सम्बोधन भने गर्ने छैनन् ।
प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्बाटै निर्णय गरी राष्ट्रपतिलाई सम्बोधनका लागि अनुरोध गरेर पत्र पठाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण