हेटौँडा-कुलेखानी-फाखेल सडक आजबाट एक महिना बन्द
सारांश
- मकवानपुरको हेटौँडा-काठमाडौँ जोड्ने छोटो दूरीको हेटौँडा-कुलेखानी-फाखेल सडक जेठ १५ गतेदेखि एक महिनाका लागि बन्द गरिएको छ ।
- इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ स्थित महालक्ष्मी खोलामा पक्की पुल निर्माण र सडक ढलानको कार्यका लागि सडक बन्द गरिएको हो ।
- यात्रुहरूलाई हेभी-सिस्नेरी-दक्षिणकाली-फर्पिङ सडक खण्डलाई वैकल्पिक मार्गको रूपमा प्रयोग गर्न आग्रह गरिएको छ ।
मकवानपुर । हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरिको मार्ग हेटौँडा-कुलेखानी-फाखेल सडक एक महिनाका लागि बन्द गरिएको छ । बागमती प्रदेशको राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो दुरीको हेटौँडा-कुलेखानी-फाखेल-फर्पिङ सडकखण्ड जेठ १५ गतेदेखि एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको हो ।
पूर्वाधार विकास कार्यालय, हेटौँडाले निर्माण कार्यका लागि सडक बन्द गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई आग्रह गरे अनुसार सो सडक पूर्णरुपमा बन्द गरिएको हो । सो सडक खण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ स्थित महालक्ष्मी खोलामा पक्की पुल निर्माण भइरहेको र सोही खण्डमा जेठ १५ गतेदेखि सडक ढलानको कार्य सुरु हुन लागेकाले सडक बन्द गर्न लागिएको हो।
चालू आर्थिक वर्ष २०८२/८३ भित्रै काम सम्पन्न गर्नुपर्ने दबाब र सडकमा सवारी साधनको अत्यधिक चापका कारण निर्माण कार्यमा अवरोध पुग्ने तथा जामका कारण यात्रुले सास्ती भोग्नुपर्ने देखिएकाले सडक बन्द गरिएको हो । यात्रु तथा सवारी धनीहरूले हेभी-सिस्नेरी-दक्षिणकाली-फर्पिङ सडक खण्डलाई वैकल्पिक मार्गको रूपमा प्रयोग गर्न आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण