सरकारले राष्ट्रपतिलाई सम्बोधन गर्न अनुरोध गर्नु अन्यथा होइन : गुरुङ
सारांश
- नेपाली कांग्रेसकी नेतृ पूर्वमन्त्री सिता गुरुङले गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गर्न सरकारले गरेको अनुरोधलाई अन्यथा लिन नहुने बताएकी छन् ।
- उनले राष्ट्रपतिले सम्बोधन गर्दा गणतन्त्रको संस्थागत विकास अझ मजबुत हुने विश्वास व्यक्त गरिन् ।
- यसअघिका गणतन्त्र दिवसमा भने प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रचलन थियो ।
काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ पूर्वमन्त्री सिता गुरुङले सरकारले गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गर्न अनुरोध गर्नुलाई अन्यथा लिन नहुने बताएकी छन् । नेतृ गुरुङले गणतन्त्र दिवसको मूल समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्दा गणतन्त्रको संस्थागत विकास अझ मजबुत हुने बताइन् ।
‘नेपाल सरकारले मन्त्रिपरिषदबाट नै निर्णय गरेर राष्ट्रपति रामचन्द्र पौडेलज्यूलाई जनतालाई सम्बोधन गर्न अनुरोध गर्नुलाई अन्यथा लिन हुँदैन,’ गुरुङले रातोपाटीसँग भनिन्, ‘गणतन्त्र दिवसको विशेष समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्दा गणतन्त्रको संस्थागत विकास अझ मजबुत हुन्छ ।’
सरकारले मन्त्रिपरिषद् निर्णयबाट औपचारिक निर्णय गरेर आग्रह गरेपछि टुँडिखेलमा गणतन्त्र दिवसका अवसरमा आयोजित विशेष समारोहलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्दैछन् ।
यसअघिका गणतन्त्र दिवसमा भने प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रचलन थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण