बागमती सरकारद्वारा ४ पत्रकार पुरस्कृत
शुक्रबार, १५ जेठ २०८३, ११ : ००
सारांश
- बागमती प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा ४ जना पत्रकारलाई पुरस्कृत गरेको छ ।
- पुरस्कृत हुनेमा पोष्टराज अधिकारी, सुनिता विष्ट, युवराज श्रेष्ठ र रामहरि कार्की रहेका छन् ।
- उनीहरूलाई जनही ५० हजार नगदसहित खोज पत्रकारिता, विकास पत्रकारिता, सुशासन पत्रकारिता र सङ्घीयता संस्थागत पुरस्कार प्रदान गरिएको हो ।
हेटौँडा । बागमती प्रदेश सरकारले ४ जना पत्रकारलाई पुरस्कृत गरेको छ । गणतन्त्र दिवसको अवसरमा प्रदेश सरकारले विधागत रूपमा ४ पत्रकारलाई पुरस्कृत गरेको हो ।
दिवसको अवसरमा आयोजित एक कार्यक्रममा खोज पत्रकारिता पुरस्कार बापत नयाँ पत्रीकाका पोष्टराज अधिकारी, विकास पत्रकारिता पुरस्कारबाट सुनिता विष्ट, सुशासन पत्रकारिता पुरस्कारबाट रामेछापका युवराज श्रेष्ठ र सङ्घीयता संस्थागत पुरस्कारबाट ललितपुरका रामहरि कार्की पुरस्कृत भएका हुन् ।
पत्रकारिताका माध्यमबाट गणतन्त्र, सुशासन, विकास निर्माण तथा नागरिक तहसम्म सूचना सम्प्रेषणमा खेलेको भूमिकाको मूल्याङ्कन सहित उनीहरूलाई जनही ५० हजार नगदसहित पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा गणतन्त्र दिवसका अवसरमा आयोजित निबन्ध प्रतियोगिता, खुल्ला दौड प्रतियोगिताका विजयीहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण