सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

'तेज' ब्राण्डको तोरीको तेल बजारबाट फिर्ता गर्न विभागको निर्देशन

शुक्रबार, १५ जेठ २०८३, १२ : २४
शुक्रबार, १५ जेठ २०८३

सारांश

  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले 'तेज' ब्राण्डको तोरीको तेल न्यूनस्तरको पाइएको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।
  • विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमूना प्रयोगशालामा परीक्षण गर्दा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार नपाइएको भन्दै उक्त तेल जफत र फिर्ता गर्न आदेश दिएको हो ।
  • रुपन्देहीको सिद्धार्थ आयल इन्डस्ट्रिजद्वारा उत्पादित २०८२ फागुन २८ गते उत्पादन भएको 'ब्याच नं. २०' को तेलमा तोकिएको मापदण्ड नपुगेको पाइएको छ ।

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भइरहेको 'तेज' ब्राण्डको तोरीको तेल न्यूनस्तरको पाइएको भन्दै तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । 

विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमूना प्रयोगशालामा परीक्षण गर्दा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार नपाइएको भन्दै उक्त तेल जफत र फिर्ता गर्न आदेश दिएको हो ।

रुपन्देहीको गुरुबानियामा रहेको सिद्धार्थ आयल इन्डस्ट्रिजद्वारा उत्पादित उक्त तोरीको तेलमा समस्या देखिएको विभागले जनाएको छ । विभागका अनुसार २०८२ फागुन २८ गते उत्पादन भएको 'ब्याच नं. २०' को तेलमा तोकिएको मापदण्ड नपुगेको पाइएको हो ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा (२) को प्रावधान बमोजिम विभागले उक्त ब्याचका सम्पूर्ण तेलहरू बजारबाट तत्काल फिर्ता गर्न उत्पादक कम्पनीलाई निर्देशन दिएको छ । साथै, सोही ऐनको उपदफा (४) बमोजिम उक्त ब्याचको तेल बिक्री वितरण नगर्न र नगराउन समेत आदेश जारी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप