जाजरकोटमा जलवायु अनुकूल स्वास्थ्य चौकीको उद्घाटन
सारांश
- जाजरकोटको भेरी नगरपालिकामा जलवायु अनुकूल स्वास्थ्य चौकी निर्माण सम्पन्न भएको छ ।
- भुर स्वास्थ्य चौकीको नेपाल सरकार, युएनएफपीए र जापानी राजदूतावासका अधिकारीहरूले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
- जापान सरकारको सहयोग र युएनएफपीएको कार्यान्वयनमा सञ्चालित परियोजना अन्तर्गत स्वास्थ्य चौकीको स्तरोन्नति गरी आवश्यक उपकरणको व्यवस्थापन गरिएको छ ।
काठमाडौँ । जाजरकोटको भेरी नगरपालिकामा जलवायु अनुकूल स्वास्थ्य चौकी निर्माण भएको छ । भुर स्वास्थ्य चौकीको बिहीबार नेपाल सरकार, युएनएफपीए र जापानी राजदूतावासका अधिकारीहरूले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
भेरी नगरपालिका वडा नम्बर–९ मा जापान सरकारको आर्थिक सहयोग र युएनएफपीएको कार्यान्वयनमा सञ्चालित ‘नेपालमा मातृ तथा बाल स्वास्थ्य सेवा र अनुकूलन क्षमतामा सुधार’ परियोजना अन्तर्गत सो स्वास्थ्य चौकी निर्माण गरिएको हो ।
परियोजना अन्तर्गत भुर स्वास्थ्य चौकीको स्तरोन्नति गरेर आवश्यक उपकरणको व्यवस्थापन गरिएको छ । स्वास्थ्यकर्मी क्षमता अभिवृद्धि गरेर भुर स्वास्थ्य चौकीलाई जलवायु अनुकूल प्राथमिक स्वास्थ्य सेवाको लागी उत्कृष्ट बनाइएको युएनएफपीएले जनाएको छ ।
जाजरकोटमा पुनः निर्माण भएको स्वास्थ्य चौकीलाई एउटा भवनको रूपमा मात्रै हेर्न नहुने उल्लेख गर्दै युएनएफपीए नेपालका कार्यवाहक प्रतिनिधि श्रीराम हरिदासले भने, ‘लगानी र सरकारी सहयोग एक ठाउँमा आउँदा के कस्ता काम सम्भव हुन्छन् भन्ने उदाहरण हो ।’
विपद् र सङ्कटको बेलामा पनि नेपालका महिलाहरू सहज रूपमा स्वास्थ्य संस्थाको पहुँचका लागि योग्य भएको उनले बताए । उद्घाटन कार्यक्रममा भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले नगरपालिकाले हरेक विकास योजनामा जलवायु अनुकूलनलाई अनिवार्य रूपमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल स्थित जापानी राजदूतावासका मिसन उपप्रमुख शिन्तो यासुहारुले जोखिमपूर्ण समुदायको संरक्षण गर्ने नेपालका प्रयासमा जापानको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण