बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिद्धार्थ राजमार्गलाई द्रुतमार्ग बनाइने

शुक्रबार, १५ जेठ २०८३, १७ : १५
शुक्रबार, १५ जेठ २०८३

पोखरा । सरकारले मुलुकको अर्थतन्त्र र पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने सिद्धार्थ र पृथ्वी राजमार्गको स्तरोन्नतिलाई उच्च प्राथमिकतामा राखेको छ ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत सरकारले यी दुई मुख्य सडक खण्डलाई अन्तर्राष्ट्रिय स्तरमा रूपान्तरण गर्ने र यातायात सहज बनाउने बताएको हो । 

पृथ्वी राजमार्गको आँबुखैरेनी पोखरा खण्ड निर्माण सम्पन्नको अन्तिम चरणमा पुगेको छ । मुग्लीनदेखि आँबुखैरेनीमा सडक स्तरोन्नति प्रक्रिया अघि बढाइएको छ । 

यता, सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पोखरा खण्डलाई अब द्रुतमार्गका रूपमा विकास गर्ने सरकारले घोषणा गरेको छ। यो सडकको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने र यस क्षेत्रलाई गण्डकी चतुर्भुजका रूपमा विकास गर्ने सरकारको लक्ष्य छ । 

यस्तै, कालीगण्डकी सभ्यताको उद्गम क्षेत्रलाई समेटेर तीर्थाटन र स्वच्छ उद्यम व्यवसायको केन्द्र बनाइने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जानकारी दिए। 

साथै, सिद्धार्थ राजमार्ग अन्तर्गतको चर्चित सिद्धबाबा सुरुङ मार्गको निर्माण कार्य आगामी वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप