सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

एउटै स्टेजमा प्रस्तुत हुँदै दुई दर्जन कलाकार

शनिबार, १६ जेठ २०८३, ०८ : ४२
शनिबार, १६ जेठ २०८३

सारांश

  • खुमन अधिकारी, सुस्मिता जि विश्व, नारायण खनाल, नवीन पौडेल, गीता भट्टराई लगायत दुई दर्जन कलाकार 'बृहत् जनचेतनामूलक सांस्कृतिक २०८३' कार्यक्रममा प्रस्तुति दिने भएका छन् ।
  • 'जोगाऔँ सम्पदा, संस्कृति र सभ्यता' भन्ने मूल नारा सहित आयोजना हुने कार्यक्रमको उद्देश्य भजन संस्कृति प्रवर्द्धन र लोपोन्मुख लोक कला संस्कृति संरक्षण रहेको छ ।
  • लागू औषध दुब्र्यशन, महिला हिँसा, सामाजिक संजालको दुरुपयोग लगायतका जनचेतनामूलक विषयमा नाटक प्रदर्शन हुनेछ ।

काठमाडौँ  । खुमन अधिकारी, सुस्मिता जि विश्व, नारायण खनाल, नवीन पौडेल, गीता भट्टराई लगायत करिब दुई दर्जन कलाकार एउटै मञ्चमा प्रस्तुति दिने भएका छन् । शनिबार मध्यान्न आयोजना हुने ‘बृहत् जनचेतनामूलक सांस्कृतिक २०८३’मा थुप्रै कलाकारले विभिन्न संस्कृति कार्यक्रम मार्फत श्रोता तथा दर्शकलाई मनोरञ्जन दिलाउने भएका हुन् ।

‘जोगाऔँ सम्पदा, संस्कृति र सभ्यता’ भन्ने मूल नारा सहित आयोजना हुन लागेको कार्यक्रम भजन संस्कृति प्रवर्द्धन र लोपोन्मुख लोक कला संस्कृति संरक्षणको उद्देश्य रहेको आयोजकले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

बुढानीलकण्ठ नपा वडा १२ को कपन खरिबोट स्थित त्रि–ज्योति माध्यमिक विद्यालय आयोजना हुने कार्यक्रमको बुढानीलकण्ठ नगरपालिकाको संरक्षकत्व रहेको छ ।

लागू औषध दुब्र्यशन, सर्ने नसर्ने रोगहरु, सामाजिक संजालको दुरुपयोग, महिला हिँसा, लैङ्गिक हिंसा, सुर्तिजन्य पदार्थको नियन्त्रण लगायतका विषयमा एक नाटक समेत प्रदर्शन हुने कार्यक्रम संयोजक लोकदोहोरी गायक नवीन पौडेलले बताए ।

संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय र सोही मन्त्रालय अन्तर्गतको पर्यटन कार्यालय काठमाडौँको समेत सहयोग रहेको कार्यक्रममा कलाकार कविता खत्री, स्वीकृति पौडेल, फुट्टी शेर्पा, सुमित्रा कोइराला, आशा लामा, राधिका ढकाल, भीमसेन खतिवडा, सुमन थापा मगर, सिन्धुली कलाघर, राजेन्द्र गिरि (गुन्द्रुक साधेर)जादुगर, श्रीदेबी देवकोटा, उमा बिडारी, निश्चल सिलवाल, सन्जय खड्का, निशा खड्का, सपना सुनाम, पुनम बस्याल, देवी हमाल, रेखा लामा, सुष्मा लामा, मुकुन्द घिमिरे, रोजि कुमालको पनि प्रस्तसति रहने बिज्ञप्तीमा उल्लेखछ ।

रास्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको सह आयोजना र स्वीकृति इभेण्ट म्यानेजमेन्टको आयोजना रहेको कार्यक्रममा विभिन्न  लोपोन्मुख लोक भजन समेत प्रस्तुत गरिनेछ ।

कार्यक्रममा कलाकारदेखि पत्रकारसम्म समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान प्रदान गरिनेछ । 

1000123213

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप