आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

भक्तपुर नगरव्यापी दाफा प्रदर्शनी सम्पन्न

आइतबार, १७ जेठ २०८३, ०० : १३
आइतबार, १७ जेठ २०८३

सारांश

  • भक्तपुर नगरव्यापी दाफा प्रदर्शनीमा ४६ टोली सहभागी भएका थिए ।
  • उत्कृष्ट पाँच दाफा भजन टोलीलाई पुरस्कृत गरियो ।
  • नगरपालिकाले सम्पदा संरक्षणमा निरन्तरता दिँदै आएको छ ।

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा आयोजित ‘भक्तपुर नगरव्यापी दाफा प्रदर्शनी २०८३’ मा उत्कृष्ट पाँच टोलीलाई सम्मान गरिएको छ । भक्तपुरमा शुक्रबार सुरु भएर शनिबार सम्पन्न प्रदर्शनीमा ४६ टोलीले विभिन्न दाफा भजन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं पूर्वसांसद प्रेम सुवालले यहाँको ऐतिहासिक, सांस्कृतिक तथा कलात्मक महत्वबारे चर्चा गरे । कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले यहाँका मूर्त तथा अमूर्त सम्पदाको संरक्षण एवं संवर्द्धनमा निरन्तरता दिँदै आएको बताए । सम्पदा पुनर्निर्माणमा नगरपालिकाले विदेशी सहयोग नलिएको र जनताको सहयोग एवं सहभागितामै काम गरिरहेको भन्दै उनले नगरपालिकाले एक सय ७८ सम्पदाको पुनर्निर्माण सम्पन्न गरिसकेको बताए ।

दाफा प्रदर्शनीमा उत्कृष्ट घोषित कुथुछे दाफा भजन, खिँछे दाफा भजन, ज्याथा गणेश दाफा भजन, लाकोलाछें चपाल दाफा भजन र लाकोलाछें त्वाले दाफा भजनलाई उत्कृष्ट घोषणा गरी लालाखिङ, तँ, झ्यालिन्चा र प्रत्येक टोलीलाई रु १५ हजार पुरस्कार प्रदान गरेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप