प्रतिनिधिसभा बैठकमा आशिका तामाङ जंगिएपछि....
आइतबार, १७ जेठ २०८३, १५ : ००
सारांश
- आइतबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङ आक्रोशित रूपमा प्रस्तुत भएकी छन् ।
- प्रधानमन्त्रीले प्रश्नको जवाफ दिएर बाहिरिएपछि विपक्षी दलका सांसदहरूले नियमापत्ति गरिरहेका बेला तामाङले आक्रामक व्यवहार देखाएकी हुन् ।
- रास्वपा सांसदहरूले तामाङलाई बैठक कक्षबाहिर लगेर सम्झाईबुझाई गरेपछि उनी पुनः बैठकमा सहभागी भएकी थिइन् ।
काठमाडौँ । आइतबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङ आक्रोशित रूपमा प्रस्तुत भएकी छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रश्नको जवाफ दिएर बाहिरिएपछि विपक्षी दल एमाले, श्रम संस्कृति लगायत पार्टीका सांसदहरूले नियमापत्ति गरिरहेका बेला तामाङले आक्रामक व्यवहार देखाएकी हुन् ।
तामाङ आफ्नो सिटबाट उठेर अगाडी बढ्न थालेपछि उनलाई रास्वपाकै सांसदहरूले रोक्नुपरेको थियो । तामाङको आक्रोश नरोकिएपछि रास्वपा सांसदहरू ज्वाला संग्रौला, रञ्जु दर्शना रिमा विश्वकर्मा लगायत सांसदहरूले उनलाई बैठक कक्ष बाहिर लगेका थिए ।
ती सांसदहरूले तामाङलाई बैठक कक्षबाहिर लगेर सम्झाईबुझाई गरेर झन्डै आधा घण्टापछि बैठकमा सहभागी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई पूर्वसुनुवाइ र प्रमाण सङ्कलनको जिम्मेवारी
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
-
रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्रिनु देशको पर्यटनका लागि विश्वव्यापी सन्देश हो : विनोद चौधरी
-
ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण