आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक, माफी माग्नुपर्छ’

आइतबार, १७ जेठ २०८३, १६ : ३८
आइतबार, १७ जेठ २०८३

सारांश

  • नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको नेपालले भारतीय भूमि मिचेको भन्ने अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन् ।
  • पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले प्रधानमन्त्रीको उक्त भनाइ तत्काल फिर्ता लिएर सार्वजनिक रूपमा माफी माग्न माग गरेका छन् ।
  • उनले संसद्को रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले बोलेको यो विषय आपत्तिजनक, सन्देहास्पद र भर्त्सनायोग्य भएको टिप्पणी गरेका छन् ।

काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको नेपालले भारतीय भूमि मिचेको भनेर दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै माफी माग्नुपर्ने बताएका छन् । 

आइतबार सामाजिक सञ्जालमा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले भनेका छन्,  ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको छ’ –संसद्को रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले बोलेको यो विषय आपत्तिजनक, सन्देहास्पद र भर्त्सनायोग्य छ । यो अभिव्यक्ति तत्काल फिर्ता लिइयोस् र सार्वजनिक रूपमा क्षमा मागियोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप