शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

श्रीमतीकाे हत्या अभियाेगमा श्रीमान् पक्राउ

आइतबार, १७ जेठ २०८३, २१ : १५
आइतबार, १७ जेठ २०८३

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले पत्नीको हत्या गरेर फरार भएका आरोपीलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका-१० का बजरङ्ग टोलका रामनारायण दास तत्मामाथि मादक पदार्थ सेवन गरी ४२ वर्षीया पत्नी हलसियाकुमारी देवीको हत्या गरेका अभियोग लागेको थियो।

यही जेठ १४ गते फलाम हतियारले प्रहार गरेर हलसिया देवीको हत्या गरी दास फरार भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए । अभियुक्त रामनारायणलाई महोत्तरी प्रहरीको सहयोगमा शनिबार महोत्तरीको रामगोपाल नगरपालिकाबाट नियन्त्रणमा लिई कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको उनले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप