महराविरुद्धको भ्रष्टाचार मुद्दामा थुनछेक बहस हुँदै
सारांश
- पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा थुनछेक बहस हुन लागेको छ ।
- विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा महरा र भन्सारका उच्च अधिकारीहरूविरुद्ध मुद्दा दायर भएको थियो ।
- अख्तियारको अनुसन्धान अनुसार, चिनियाँ नागरिक ली हाङ सोङले भेपभित्र बहुमूल्य सुन लुकाएर ल्याएका थिए ।
काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा थुनछेक बहस हुँदैछ । महराले उपस्थित हुने दिएको निवेदन सुनुवाइका लागि आज विशेष अदालतले पेसीमा राखेको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासमा महराविरुद्धको भ्रष्टाचार मुद्दामा थुनछेक बहस हुँदैछ ।
विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा र भन्सारका उच्च अधिकारीहरूसहितका व्यक्तिविरुद्ध सात करोड ७८ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
सुन तस्करहरूसँग करोडौँ लाभ लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका पदाधिकारी र कर्मचारीले अरबौँ राजस्व चुहावट गरेको भन्दै परेको उजुरीका आधारमा अनुसन्धान गर्दा यो तथ्य बाहिर आएको थियो ।
अख्तियारको अनुसन्धानले देखाएअनुसार २०७९ पुस १० गते दुबईबाट ‘फ्लाई दुबई’ को उडान (एफजेड ०५८७) मार्फत नेपाल आएका चिनियाँ नागरिक ली हाङ सोङले २ वटा सुटकेसभित्र ७३ वटा बट्टामा ७३० थान भेप ल्याएका थिए ।
ती भेपभित्र बहुमूल्य सुन लुकाइएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई पूर्वसुनुवाइ र प्रमाण सङ्कलनको जिम्मेवारी
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
-
रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्रिनु देशको पर्यटनका लागि विश्वव्यापी सन्देश हो : विनोद चौधरी
-
ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण