प्रतिनिधिसभा नियमावली २०८३ आजको बैठकबाट कार्यान्वयनमा
सारांश
- आइतबारको बैठकबाट पारित भएको 'प्रतिनिधिसभा नियमावली २०८३' सोमबारको बैठकबाट कार्यान्वयनमा जाने भएको छ ।
- सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले पारित नियमावलीबाट आजको बैठक सञ्चालन हुने जानकारी दिएका छन् ।
- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुली नेतृत्वको समितिले तयार पारेको नियमावली मस्यौदामा ३५ संशोधन परेका थिए ।
काठमाडौँ । विपक्षी दलहरूको बेल घेराउबिच आइतबारको प्रतिनिधिसभा बैठकबाट पारित ‘प्रतिनिधिसभा नियमावली २०८३’ सोमबारको बैठकबाट कार्यान्वयनमा जाने भएको छ ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले पारित भएको नियमावलीबाट आजको बैठक सञ्चालन हुने जानकारी दिए । ‘हिजो पारित भएको नियमावलीबाट आजको बैठक सञ्चालन हुन्छ,’ प्रवक्ता गिरीले रातोपाटीसँग भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुली नेतृत्वको समितिले तयार पारेको नियमावली मस्यौदामा ३५ संशोधन परेका थिए । ती संशोधनमाथि दफावार छलफलपछि पारित गर्ने बेलामा आइतबारको बैठकमा विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले बेल घेराउ गरेका थिए । उनीहरूको बेला घेराउको विरोधमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू पनि उभिएपछि एकछिन तनावसमेत भएको थियो ।
पारित प्रतिवेदन केही बेरमा सभामुख डोलप्रसाद अर्यालले प्रमाणित गर्ने र त्यसपछि राजपत्रमा प्रकाशित गर्नका लागि पठाइने प्रवक्ता गिरीले जानकारी दिए ।
‘सभामुखज्यूले केही बेरमा प्रमाणित गर्नुहुन्छ । त्यसपछि आजै राजपत्रमा प्रकाशित गर्नका लागि पठाउने तयारी छ,’ प्रवक्ता गिरीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण