५० लाखसम्मका गाडीकाे मूल्य घट्छ : अर्थमन्त्री
सारांश
- अर्थमन्त्री स्वर्णिम वाग्लेले ५० लाखसम्मका गाडीमा मूल्य घट्ने दाबी गरेका छन्।
- उनले विलासिता गाडीमा मात्रै कर बढेको र १ करोड सम्मका विद्युतीय गाडी चढ्नु विलासिता भएको बताए।
- उनले किलोवाटको सट्टा मूल्यका आधारमा कर लगाउँदा अटो व्यवसायीहरू समेत राहत महसुस गरेको बताए।
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५० लाखसम्मका गाडीमा मूल्य घट्ने दाबी गरेका छन्। नेपाल आर्थिक पत्रकार सङ्घको बजेट पछिको अन्तरक्रिया कार्यक्रममा विलासिता गाडीमा मात्रै कर बढेको बताएका हुन्।
उने केही वर्ष अघिसम्म विद्युतीय गाडीको प्यानिट्रेशन बढाउन धेरै छुट दिए पनि अहिले आवश्यकता अनुसार कर लगाएको बताए।
‘अहिले १ करोड सम्मका विद्युतीय गाडी चढेर हिँड्नु विलासिता हो । यो सबैले स्वीकार गर्नुपर्छ,’ अर्थमन्त्री वाग्लेले भने, ‘प्रधानमन्त्रीले ५० लाख तलका गाडीमा नबढाउन निर्देशन दिनुभएको थियो। ५० लाख माथिका गाडीमा बढाउँदा खासै फरक नपर्ने आशय थियो।’
उनले व्यवसायीहरू किलोवाटका आधारमा गाडी भित्राउँदा महालेखाले प्रश्न उठाएपछि तनावमा देखिएको बताए । उनले किलोवाटको सट्टा मूल्यका आधारमा लगाउँदा अटो व्यवसायीहरू समेत राहत महसुस गरेको बताए ।
उनले विद्युतीय गाडी पूर्ण रूपमा स्वच्छ ऊर्जा नभई ब्याट्री व्यवस्थापन गर्ने विषय पेचिलो रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किशोरीमाथि सामूहिक जबर्जस्ती करणी आरोपमा तीन जना पक्राउ
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई पूर्वसुनुवाइ र प्रमाण सङ्कलनको जिम्मेवारी
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
-
रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्रिनु देशको पर्यटनका लागि विश्वव्यापी सन्देश हो : विनोद चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण