नेपालले भारतको जग्गा मिचेको तथ्य सार्वजनिक गर्न प्रधानमन्त्रीलाई कांग्रेसको २४ घण्टे अल्टिमेटम
सारांश
- नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई नेपालले भारतको जग्गा मिचेको तथ्य २४ घण्टाभित्र सार्वजनिक गर्न अल्टिमेटम दिएको छ ।
- कांग्रेस सांसद रञ्जित कर्णले प्रधानमन्त्रीले प्रतिनिधिसभामा गरेको जग्गा मिचिएको भन्ने अभिव्यक्तिबारे स्पष्ट पार्न माग गरेका हुन् ।
- तथ्य सार्वजनिक गर्न नसके प्रधानमन्त्रीले जनतासँग माफी माग्नुपर्ने कांग्रेसको अडान छ ।
काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई नेपालले भारतको जग्गा मिचेको तथ्य सार्वजनिक गर्न २४ घण्टे अल्टिमेटम दिएको छ । राष्ट्रियसभा बैठकमा सोमबार कांग्रेसले २४ घण्टाभित्र नेपाल सरकारले भारतको कुन–कुन ठाउँमा जग्गा मिचेको छ जानकारी गराउन माग गरेको हो ।
बैठक सुरु भए लगत्तै पार्टीको तर्फबाट आकस्मिक समय लिएर सांसद रञ्जित कर्णले प्रधानमन्त्रीलाई त्यस्तो अल्टिमेटम दिएका हुन् ।‘‘ हिजो प्रधानमन्त्रीजीले प्रतिनिधिसभाको रोष्ट्रममा उभिएर नेपालले भारतको केही जग्गा मिचेको बताउनुभयो,’ सांसद कर्णले भने, ‘सम्माननीय प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु– २४ घण्टाभित्र नेपाल सरकारले भारतको कुन–कुन ठाउँमा जग्गा मिचेको छ जानकारी गराउनुहोला ।’
तथ्य सार्वजनिक गर्न नसके जनतासँग माफी माग्नुपर्ने कांग्रेसले बताएको छ । ‘यदि तथ्य उपलब्ध गराउन सक्नु भएन भने प्रधानमन्त्रीज्यूले जनतासँग सार्वजनिक रूपमा माफी माग्नुपर्छ ।’
आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’
त्यस्तै, सांसद कर्णले प्रधानमन्त्री शाहको सीमा विवादबारेको अभिव्यक्तिमाथि छानबिन समिति गठन गर्न पनि माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई पूर्वसुनुवाइ र प्रमाण सङ्कलनको जिम्मेवारी
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
-
रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्रिनु देशको पर्यटनका लागि विश्वव्यापी सन्देश हो : विनोद चौधरी
-
ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण