नेपालमा बढे पर्यटक, मे महिनामा मात्रै भित्रिए १ लाख २ हजार पर्यटक
सारांश
- सन् २०२६ को मे महिनामा १ लाख २ हजार ६ सय २६ जना अन्तर्राष्ट्रिय पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
- यो संख्या गत वर्षको सोही अवधिको तुलनामा १९ प्रतिशतले बढी हो भने सन् २०१९ को मे महिनाको तुलनामा ३१ प्रतिशतले वृद्धि भएको छ ।
- भारतबाट सबैभन्दा बढी ४० हजार ७ सय ८२ पर्यटक आएका छन्, त्यसपछि चीन र संयुक्त राज्य अमेरिका रहेका छन् ।
काठमाडौँ । पछिल्लो एक महिनामा नेपालमा १ लाख २ हजार भन्दा बढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२६ को मे महिनामा नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक वृद्धि देखिएको हो ।
मे महिना कुल १ लाख २ हजार ६ सय २६ जना अन्तर्राष्ट्रिय पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या गत वर्ष सन् २०२५ को मे महिनाको तुलनामा १९ प्रतिशतले बढी हो । यो पर्यटन आगमन दर कोभिड–१९ पूर्वको सामान्य वर्ष सन् २०१९ को सोही महिनाको तुलनामा ३१ प्रतिशतले वृद्धि भएको छ । सन् २०१९ को मे महिनामा ७८ हजार ३ सय २९ पर्यटक आएकोमा अहिलेको तथ्याङ्कले १३१ प्रतिशतको ‘रिकभरी’ दर देखाएको छ ।
भारतबाट धेरै
पर्यटक आगमनको स्रोत देशहरूलाई हेर्दा छिमेकी मुलुक भारतको हिस्सा सबैभन्दा ठुलो छ । मे महिनामा भारतबाट मात्रै ४० हजार ७ सय ८२ जना पर्यटक नेपाल भित्रिएका छन्, जुन कुल आगमनको झन्डै ४० प्रतिशत हो।
भारतपछि दोस्रो स्थानमा चीन रहेको छ, जहाँबाट ११ हजार ५ सय १४ जना पर्यटक आएका छन् भने तेस्रो स्थानमा संयुक्त राज्य अमेरिका ९ हजार १ पर्यटकका साथ उभिएको छ । यसैगरी दक्षिण एसियाली मुलुक बङ्गलादेशबाट ५ हजार २ सय ९८ पर्यटक आएका छन् । अन्य प्रमुख स्रोत बजारहरूमा संयुक्त अधिराज्य (३,३७५), अष्ट्रेलिया (२,८७०), मलेसिया (२,८५७), जापान (१,७५६), रुस (१,५५०) र जर्मनी (१,५४८) रहेका छन् ।
क्षेत्रीय वितरणको आधारमा दक्षिण एसियाली (सार्क) क्षेत्र नेपालको पर्यटनका लागि मेरुदण्ड सावित भएको छ । कुल पर्यटकमध्ये ४७.२ प्रतिशत अर्थात् ४८ हजार ४ सय ६१ जना सार्क मुलुकहरूबाट आएका छन् । सार्क क्षेत्रपछिको ठुलो हिस्सा एसियाका अन्य मुलुकहरूको रहेको छ । जहाँबाट १९.९ प्रतिशत (२०,४६२ जना) पर्यटक आएका छन् ।
युरोपेली मुलुकहरूबाट १३.१ प्रतिशत (१३,४४० जना) र अमेरिका महादेशबाट १०.३ प्रतिशत (१०,६१८ जना) पर्यटकले नेपाल भ्रमण गरेका छन्। यसबाहेक ओसेनियाबाट ३.१ प्रतिशत, मध्यपूर्वबाट १.५ प्रतिशत र अफ्रिकाबाट ०.३ प्रतिशत पर्यटकको आगमन भएको छ। गत वर्षको तुलनामा सार्क क्षेत्रबाट हुने आगमनमा ३३.५ प्रतिशतको उल्लेख्य वृद्धि भएको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई पूर्वसुनुवाइ र प्रमाण सङ्कलनको जिम्मेवारी
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
-
रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्रिनु देशको पर्यटनका लागि विश्वव्यापी सन्देश हो : विनोद चौधरी
-
ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण