युक्रेनभर रुसको भीषण आक्रमण : कम्तीमा नौ जनाको मृत्यु, दर्जनौँ घाइते
सारांश
- रुसले युक्रेनका विभिन्न सहरहरूमा व्यापक क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन् ।
- राजधानी किभमा चार जनाको ज्यान गएको छ र कम्तीमा ५१ जना घाइते भएका छन्, जसमध्ये ३५ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
- रुसले गत साता युक्रेनी छात्रावासमा भएको आक्रमणको प्रतिशोधमा युक्रेनमाथि व्यवस्थित आक्रमण गर्ने चेतावनी दिएको थियो ।
किभ । रुसले मंगलबार रातभर युक्रेनका विभिन्न सहरहरूमा व्यापक क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन् ।
युक्रेनका अधिकारीहरूका अनुसार मध्य युक्रेनको ड्निप्रो सहरमा पाँच जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । राजधानी किभमा चार जनाको ज्यान गएको छ र कम्तीमा ५१ जना घाइते भएका छन् । घाइतेमध्ये ३५ जनाको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
किभका मेयर भिताली क्लिस्च्कोले सहरका दुईवटा अग्ला आवासीय भवनमा आक्रमण भएको जानकारी दिएका छन् । भग्नावशेषमुनि केही व्यक्ति फसेको आशंका गरिएको छ ।
गत साता रुसले युक्रेनले कब्जामा रहेको रुसी नियन्त्रणको लुहान्स्क क्षेत्रमा रहेको एक छात्रावासमा ड्रोन आक्रमण गरी २१ जनाको ज्यान लिएको घटनाको प्रतिशोधस्वरूप युक्रेनमाथि ‘व्यवस्थित आक्रमण’ गर्ने चेतावनी दिएको थियो ।
आक्रमणपछि किभका बासिन्दालाई आश्रयस्थलमै बस्न आग्रह गरिएको छ । किभ सिटी सैन्य प्रशासनका प्रमुख तिमुर काचेन्कोले रुसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रयोग गरेर आक्रमण गरिरहेको बताएका छन् ।
युक्रेनका अधिकांश क्षेत्रमा हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो। किभको केन्द्रभागबाट बाक्लो धुवाँ उडिरहेको देखिएको थियो ।
उता रुसको दक्षिणी क्षेत्रमा रहेको इल्स्की तेल प्रशोधन केन्द्रमा पनि ड्रोन आक्रमणपछि आगलागी भएको स्थानीय आपतकालीन सेवाले जनाएको छ । उक्त घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ ।
किभमा भने रातभर लगातार विस्फोटका आवाज सुनिएका थिए । ड्रोनहरूको गुन्जनसँगै दर्जनौँ विस्फोट भएपछि सहरका विभिन्न स्थानमा आगलागी भएको थियो । मेयर क्लिट्स्कोका अनुसार पेट्रोल पम्प नजिक, निर्माणाधीन स्थल, अपार्टमेन्ट भवनहरू तथा दुई निजी घरमा आगो लागेको छ । सहरका केही क्षेत्रमा विद्युत् आपूर्ति समेत अवरुद्ध भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
-
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएन : अध्यक्ष विश्वकर्मा
-
३ देश, ४८ टोली र नयाँ नियमसहित इतिहासकै सबैभन्दा ठुलो फुटबल महोत्सव
-
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
-
निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण