बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ई–जीपी प्रणालीमा प्राविधिक समस्या: बोलपत्र पेस गर्ने म्याद थप

मङ्गलबार, १९ जेठ २०८३, १२ : ४५
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • सार्वजनिक खरिद अनुगमन कार्यालयको ईजीपी सिस्टममा प्राविधिक समस्या आएपछि बोलपत्र पेस गर्ने म्याद थप गरिएको छ ।
  • प्रणालीमा अत्यधिक चाप बढेर प्रयोगकर्ताहरूको पहुँच हुन नसकेपछि जेठ १८ गतेदेखि देखिएको प्राविधिक समस्याका कारण म्याद पुनः थप गरिएको हो ।
  • जेठ १९ र २० गते म्याद समाप्त हुन बाँकी रहेका सम्पूर्ण बोलपत्र, आशयपत्र र शिलबन्दी दरभाउपत्रको म्याद थप गरी बोलपत्र खोल्ने मिति निर्धारण गरिएको छ ।

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को विद्युतीय खरिद प्रणाली (ई-जीपी सिस्टम) मा प्राविधिक समस्या आएपछि बोलपत्र पेस गर्ने म्याद थप गरिएको छ ।

कार्यालयले एक सूचना जारी गर्दै प्रणालीमा अत्यधिक चाप बढेर प्रयोगकर्ताहरूको पहुँच हुन नसकेपछि म्याद थप गरिएको जनाएको हो ।

कार्यालयका अनुसार गत जेठ १८ गतेदेखि प्रणालीमा प्राविधिक समस्या देखिएको थियो । विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका, २०८० को दफा ११ को उपदफा १ को खण्ड ‘ग’ बमोजिम प्रणाली व्यवस्थापक मार्फत यसअघि जेठ १९ र २० गतेसम्मका लागि म्याद थप गरिएकोमा पुनः प्राविधिक समस्या कायमै रहेकाले अनलाइन म्याद थप गर्ने निर्णय गरिएको हो । जेठ १९ गतेको निर्णयानुसार म्याद समाप्त हुन बाँकी रहेका सम्पूर्ण बोलपत्र, आशयपत्र र शिलबन्दी दरभाउपत्रको म्याद थपिएको छ ।

जेठ १९ गते म्याद रहेका ठेक्काहरू २०८३ जेठ २० गते बुधबार मध्यान्ह १२ः०० बजेसम्म म्याद थप गरिएको छ भने सोही दिन दिनको १ः०० बजे बोलपत्र खोलिनेछ ।

जेठ २० गते म्याद रहेका ठेक्काहरू २०८३ जेठ २१ गते बिहीबार मध्यान्ह १२ः०० बजेसम्म म्याद थप गरिएको छ भने सोही दिन दिनको १ः०० बजे बोलपत्र खोलिने उल्लेख छ ।

image

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप