बागमती कप टी–२० : ललितपुरको दोस्रो जित, नुवाकोट ३० रनले पराजित
हेटौँडा । हेटौँडा–६ स्थित गौरिटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी बागमती कप टी–२० क्रिकेट प्रतियोगिताको बुधबार भएको छैटौँ खेलमा ललितपुरले नुवाकोटलाई ३० रनले हराएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७८ रनको बलियो योगफल तयार गरेको थियो । ललितपुरका लागि सचिन लेखकले सर्वाधिक ५७ रनको अर्धशतकीय पारी खेले । उनले ३९ बलको सामना गर्दै ५७ रन बनाएका हुन् ।
यस्तै ललितपुरका लागि आदिल खानले २० बलमा २८ रनको योगदान दिए भने रोनिम तिवारीले १८ बलमा २२ रन जोडे । विवेक राना मगरले १५ बलमा २० रन बनाउँदै मध्यक्रममा उपयोगी योगदान दिए ।
नुवाकोटका बलरहरू इशान पाली र गणेश गौतमले समान दुई–दुई विकेट लिए । निशान रेग्मी र सञ्जीत तिवारीले समान एक–एक विकेट हात पारे ।
१७९ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नुवाकोटले अपेक्षाअनुसार सुरुआत गर्न सकेन । नुवाकोटका लागि दिनेश सुवेदीले ५० बलमा ४७ रनको पारी खेले । अनुभव खनालले ४० बलमा ४० रन जोड्दै उनलाई साथ दिए ।
राजेश रिमालले २० बलमा २१ रन बनाए भने गणेश गौतमले ५ बलमा ९ रनको योगदान दिए । तर अन्य ब्याटरले ठुलो साझेदारी गर्न नसक्दा नुवाकोट निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४८ रनमै सीमित भयो ।
ललितपुरका बलरहरू विवेक राना मगर र सरस खत्रीले समान २–२ विकेट लिएर नुवाकोटको ब्याटिङ लाइनअपलाई दबाबमा राखे। पंकज पाण्डेले १ विकेट लिए भने सादित्य बन्जाराले किफायती बलिङ गर्दै विपक्षी ब्याटरलाई खुल्न दिएनन्।
जारी प्रतियोगितामा ललितपुरको यो दोस्रो जित हो । यसअघि ललितपुरले चितवनलाई रोमाञ्चक खेलमा २ रनले पराजित गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण