शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने

शून्य बेरुजुको नीति
बुधबार, २० जेठ २०८३, १५ : ५८
बुधबार, २० जेठ २०८३

सारांश

  • कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भएको छ।
  • मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसको घोषणा गरेका हुन्।
  • प्रतिष्ठानका लागि ऐन बनाउन सरकारले अहिलेसम्म अग्रसरता देखाएको छैन।

सुर्खेत। कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भएको छ। 

बुधबार प्रदेश सभामा आगामी आर्थिक २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मुख्यमन्त्री यामलाल कँडेलले अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने बताएका हुन्। 

यद्यपि विगतमा यो कार्यक्रम उनकै दल एमालेले रोकेको थियो। उनी मुख्यमन्त्री भएपछि भगवान कोइराला नेतृत्वमा समिति बनाएर अध्ययन गरिएको थियो।

अहिलेसम्म प्रतिष्ठान बनाउनका लागि ऐन बनाउन सरकार अग्रसर भएको छैन। सरकारले आगामी आर्थिक वर्षमा शून्य बेरुजुको नीति समेत लिएको छ। सुर्खेत, दैलेखमा कृत्रिम गर्भाधान, गोठ सुधार, घाँस सुधार जस्ता कृषि सम्बन्धीका कार्यक्रम ल्याइएको छ। 

सार्वजनिक जमिनको संरक्षण, बाँझो जमिनको खोजी गरिने पनि मुख्यमन्त्री कँडेलले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप