निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
बिहीबार, २१ जेठ २०८३, ११ : ०६
सारांश
- वरिष्ठ फिल्म निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेत्री निरुता सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने भएको छ ।
- यो सम्मान १७ औँ डी सिने अवार्डमा शुक्रबार आयोजना हुने समारोहमा दिइनेछ ।
- यस समारोहमा रंगपत्रकार सचित खड्कालाई रु. १५ हजार ५५५ सहित रेखा फिल्म्स छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिनेछ ।
काठमाडौं । वरिष्ठ फिल्म निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेत्री निरुता सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने भएको छ । आज आयोजना हुने १७ औँ डी सिने अवार्डमा उनलाई यो सम्मान दिन लागिएको हो ।
आयोजक छायाछवि क्रियशनले बिहिबार एक विज्ञप्ति जारी गर्दै समारोहमा रु. १५ हजार ५५५ सहित रेखा फिल्म्स छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार रंगपत्रकार सचित खड्का पुरस्कृत गर्ने जानकारी दियो ।
बिगत १७ बर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ‘डी सिने अवार्ड’ नेपाली चलचित्रको प्रवद्र्धन तथा चलचित्रकर्मीहरूको सम्मानका लागि आयोजना हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण