प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
सारांश
- सुर्खेतले कर्णाली प्रदेशस्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता जितेको छ ।
- फाइनलमा सुर्खेतले जुम्लालाई २-० गोलले पराजित गरेको हो ।
- प्रतियोगितामा १० जिल्लाका १३ स्थानीय तहका खेलाडी सहभागी थिए ।
कर्णाली । कर्णाली प्रदेशस्तरीय ‘प्रथम मेयर कप फुटबल प्रतियोगिता २०८३’ को उपाधि सुर्खेतले जितेको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित रङ्गशालामा बिहीबार सम्पन्न प्रतियोगिताको फाइनलमा सुर्खेतले जुम्लालाई २–० गोलअन्तरले पराजित गरेको हो । विजेतालाई वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले ट्रफीसहित रु चार लाख पुरस्कार प्रदान गरिन ।
त्यस्तै, उपविजेता टोली जुम्लाले रु दुई लाख पुरस्कार प्राप्त गर्यो । प्रतियोगिताका उत्कृष्ट खेलाडी जुम्लाका धर्मेन्द्र कुँवर, सर्वाधिक गोलकर्ता सुर्खेतका धनसिंह विक, उत्कृष्ट गोलरक्षक सुपबहादुर शाही, उत्कृष्ट डिफेन्डर दिवस बिसी, उत्कृष्ट मिडफिल्डर सुदीप गुरुङ र उत्कृष्ट प्रशिक्षक गणेश खड्कालाई जनही रु १५ हजार प्रदान गरियो ।
यही जेठ १५ गतेदेखि सुरु भएको प्रतियोगितामा १० जिल्लाका १३ स्थानीय तहका खेलाडीको सहभागिता थियो । वीरेन्द्रनगर नगरपालिका सुर्खेतको आर्थिक तथा जिल्ला फुटबल सङ्घ सुर्खेतको प्राविधिक सहयोग र कर्णाली प्रदेश फुटबल सङ्घको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण