हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
सारांश
- हाइटीमा गिरोहहरूको द्वन्द्वले करिब १५ लाख मानिस विस्थापित भएका छन् ।
- यो द्वन्द्वले देशमा मानवीय सङ्कट बढाएको छ ।
- विस्थापितमध्ये आधाभन्दा बढी महिला र बालिकाहरू छन् ।
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आप्रवासनमामिला हेर्ने निकाय (आइओएम) ले विभिन्न ठूला तथा साना गिरोहहरूको द्वन्द्वले ध्वस्त भएको हाइटीमा १४ लाख ७० हजार मानिस विस्थापित भएको बताएको छ ।
एक करोड २९ लाख जनसङ्ख्या भएको दक्षिण अमेरिकाको सबैभन्दा गरिब देश हाइटी वर्षौंदेखि अस्थिरताबाट ग्रस्त छ । शक्तिशाली सशस्त्र गिरोहहरूको स्वार्थको लडाइँका कारण हाइटीमा हत्या, बलात्कार, लुटपाट र अपहरणजस्ता जघन्य अपराधका घटनाहरू बढिरहेका छन् ।
आइओएमले यसको अद्यावधिक गणनाले क्यारेबियन देशमा बढ्दो मानवीय सङ्कटलाई प्रतिबिम्बित गरेको बताएको छ।
आइओएमले सशस्त्र आक्रमणहरू अब निश्चित प्रभाव क्षेत्रमा मात्र सीमित नरहेको र अब ती क्षेत्रहरूलाई बढ्दो रूपमा प्रभावित गरिरहेको बताएको छ । पहिले शरणको लागि प्रयोग गरिएका स्थानमा द्वन्द्व हुँदा यसले जोखिममा रहेका मानिसहरूलाई थप समस्यातर्फ धकेलेको छ ।
हाइटीका लागि आइओएमका मिसन प्रमुख ग्रेगोइर गुडस्टेनले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भने, “देशमा करिब १४ लाख ७० हजार मानिस विस्थापित भएका छन् ।”
उनले भने, “हिंसा अहिले नियन्त्रण गरिएको छैन, यो अझ विस्तार भइरहेको छ।”
राष्ट्रसङ्घीय आप्रवासन निकायका अनुसार आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको सङ्ख्या हाइटीका जनसङ्ख्याको १२ प्रतिशत छ ।
विस्थापितमध्ये आधाभन्दा बढी महिला र बालिका रहेको आइओएमले जनाएको छ ।
आइओएमले भनेको छ, “मे महिनामा पोर्ट–ओ–प्रिन्सको साइट सोलेल क्षेत्रमा नयाँ हिंसाले केही दिनमै १८ हजारभन्दा बढी मानिसहरूलाई विस्थापित गरेपछि राजधानीमा आईडीपीहरूको सङ्ख्या पहिलो पटक तीन लाखभन्दा बढी पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण