आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित

आइतबार, २४ जेठ २०८३, ०८ : ०९
आइतबार, २४ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको प्रथम जिल्ला अधिवेशनले राजन अर्याललाई जिल्ला सभापतिमा निर्वाचित गरेको छ ।
  • अर्यालले १४३ मत प्राप्त गरी निकटतम प्रतिस्पर्धी सूर्यमणि पाठकलाई पराजित गरेका हुन् ।
  • उपसभापतिमा श्रवण त्रिपाठी, सचिवमा राम भण्डारी र सहसचिवमा श्रीराम आचार्य निर्वाचित भएका छन् ।

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको जिल्ला सभापतिमा राजन अर्याल निर्वाचित भएका छन् । पार्टीको प्रथम जिल्ला अधिवेशनले अर्याललाई जिल्ला सभापति निर्वाचित गरेको हो । उनी हाल रास्वपा बागमती प्रदेश कमिटी सदस्य हुन् ।

सभापति पदका लागि भएको प्रतिस्पर्धामा अर्यालले १४३ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी तथा निवर्तमान जिल्ला सभापति सूर्यमणि पाठकले ९२ मत प्राप्त गरे भने अर्का उम्मेदवार रामकुमार थपलियाले ६३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपसभापति पदमा श्रवण त्रिपाठी २१६ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी लीला श्रेष्ठले ७७ मत प्राप्त गरे ।

सचिव पदमा राम भण्डारी १६२ मत सहित निर्वाचित भएका छन् । सचिवका अन्य उम्मेदवार कल्पना श्रेष्ठले ८० मत र विदुर अधिकारीले ५८ मत प्राप्त गरेका छन् ।

यस्तै, सहसचिव पदमा श्रीराम आचार्य १६० मत सहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी राजेन्द्र कँडेलले १२७ मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप