खाडी मुलुकहरूको पुनर्निर्माणमा इरानी सम्पत्ति प्रयोग गर्न दिने अमेरिकी योजना
सारांश
- अमेरिकाले भविष्यमा इरानद्वारा गरिन सक्ने आक्रमणबाट प्रभावित खाडी क्षेत्रका मुलुकहरूको पुनर्निर्माणका लागि इरानसँग सम्बन्धित सम्पत्ति प्रयोग गर्न दिने योजना बनाएको छ ।
- यस योजनाअन्तर्गत अमेरिकी अर्थ मन्त्रालयले विगतमा इरानका आक्रमणबाट भएको क्षतिको मर्मतका लागि पनि इरानी सम्पत्ति प्रयोग गर्ने सम्भावनाबारे अध्ययन गर्नेछ ।
- योजना सार्वजनिक भइरहेका बेला कुवेत र बहराइनले इरानबाट प्रहार गरिएका ब्यालेस्टिक क्षेप्यास्त्रहरू अवरोध गरी नष्ट गरेको जनाइएको छ ।
वासिङ्टन डीसी । अमेरिकाले भविष्यमा इरानद्वारा गरिन सक्ने आक्रमणबाट प्रभावित खाडी क्षेत्रका मुलुकहरूको पुनर्निर्माणका लागि इरानसँग सम्बन्धित सम्पत्ति प्रयोग गर्न दिने योजना बनाएको एक स्रोतले जनाएको छ ।
अमेरिकी अर्थ मन्त्री स्कट बेसेन्टको सोचबारे जानकारी राख्ने स्रोतले बताएको भन्द सीएनएनले इरानी सम्पत्तिलाई खाडी मुलुकहरूमा भौतिक संरचना पुनर्निर्माण तथा क्षति मर्मतमा प्रयोग गर्ने विषयमा अमेरिकी प्रशासनले तयारी गरिरहेको समाचार छापेको छ ।
स्रोतका अनुसार, अमेरिकी अर्थ मन्त्रालयले विगतमा इरानका आक्रमणबाट भएको क्षतिको मर्मतका लागि पनि इरानी सम्पत्ति प्रयोग गर्ने सम्भावनाबारे अध्ययन गर्नेछ । यसअघि समाचार संस्था रोयटर्सले सार्वजनिक गरेको विवरणलाई पनि उक्त स्रोतले पुष्टि गरेको बताइएको छ ।
योजनाअनुसार, मन्त्री बेसेन्टको टोलीले खाडी क्षेत्रका विभिन्न मुलुकहरूको अवस्थाको मूल्याङ्कन गर्नेछ र इरानसँगको द्वन्द्व सुरु भएयता भएका क्षतिको मर्मतका लागि आवश्यक खर्चको अनुमान माग्नेछ ।
अमेरिकी योजना सार्वजनिक भइरहेका बेला तेहरानले पुनः खाडी क्षेत्रका मुलुकहरूलाई निशाना बनाएको बताइएको छ । हालै कुवेत र बहराइनले इरानबाट प्रहार गरिएका ब्यालेस्टिक क्षेप्यास्त्रहरू अवरोध गरी नष्ट गरेको जनाइएको छ । फेब्रुअरीको अन्यतदेखि अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेयता इरानले पनि अमेरिकी सैन्य शिविर रहेका यस क्षेत्रका देशहरूमाथि आक्रमण गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बुँदे ‘हेटौँडा घोषणापत्र’ जारी गर्दै सकियो बागमती मिडिया सम्मेलन
-
विश्वकप खेल्न अमेरिका पुगेका इराकी स्ट्राइकरलाई विमानस्थलमै सात घण्टा केरकार, फोटोग्राफरलाई देश प्रवेशमा रोक
-
रास्वपा प्रदेश अधिवेशन कार्यविधि : को–को हुन्छन् प्रतिनिधि ? कसरी चुनिन्छन् ?
-
दिल्लीमा रास्वपा सरकारका पाँच प्राथमिकता
-
नौ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको एघारौँ सम्मेलन सम्पन्न
-
किन उत्तर कोरिया जाँदैछन् सी जिनपिङ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण