आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

थप वार्ताका लागि तेहरान पुगे पाकिस्तानी गृहमन्त्री

आइतबार, २४ जेठ २०८३, १० : ४७
आइतबार, २४ जेठ २०८३

सारांश

  • पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी थप कूटनीतिक वार्ताका लागि इरानको राजधानी तेहरान पुगेका छन् ।
  • भेटमा क्षेत्रीय सुरक्षा अवस्था, अमेरिका–इरान सम्बन्ध तथा पछिल्ला तनावबारे छलफल हुने अपेक्षा गरिएको छ ।
  • यो वार्ता अमेरिका–इरान युद्धपछि उत्पन्न क्षेत्रीय तनावका बिच पाकिस्तानले मध्यस्थकर्ताको भूमिका प्रस्तुत गर्ने प्रयास गरिरहेको समयमा भएको हो ।

तेहरान । पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी शनिबार अमेरिकाको तर्फबाट थप कूटनीतिक वार्ताका लागि इरानको राजधानी तेहरान पुगेका छन् । इरानी अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार भ्रमणका क्रममा नक्वीले इरानका विदेशमन्त्री अब्बास अराघचीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भेटमा क्षेत्रीय सुरक्षा अवस्था, अमेरिका–इरान सम्बन्ध तथा पछिल्ला तनावबारे छलफल हुने अपेक्षा गरिएको छ । यस्तै, अर्धसरकारी इरानी विद्यार्थी समाचार एजेन्सी (आईएसएनए)ले मोहसिन नक्वीले पाकिस्तानका सेना प्रमुख असिम मुनिरद्वारा इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनेईलाई पठाइएको पत्र पनि साथमा ल्याएको जनाएको छ । 

मार्च महिनामा पदभार ग्रहण गरेयता आयातोल्लाह मोज्तबा खामेनी सार्वजनिक रूपमा खासै देखिएका छैनन् । यो नयाँ चरणको वार्ता अमेरिका–इरान युद्धपछि उत्पन्न क्षेत्रीय तनावका बिच पाकिस्तानले आफूलाई मध्यस्थकर्ताको भूमिकामा प्रस्तुत गर्ने प्रयास गरिरहेको समयमा भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप