विश्वकपमा घरमै बसेर कमाउने नाममा ठगीको जोखिम, प्रहरीले गरायो सचेत
सारांश
- प्रहरीले फिफा विश्वकप २०२६ को अवसरमा अनलाइन बेटिङ र सट्टेबाजीमार्फत हुने ठगीबारे सचेत गराएको छ ।
- सामाजिक सञ्जालमा 'घरमै बसेर पैसा कमाऔँ' जस्ता आकर्षक विज्ञापन देखाएर ठगी गर्ने गिरोहले प्रलोभनमा पार्ने गरेको प्रहरीले जनाएको छ ।
- मुलुकी अपराध संहिता २०७४ अनुसार सट्टेबाजी गर्नु दण्डनीय भएकाले त्यस्ता गतिविधिबारे प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ ।
काठमाडौँ । फिफा विश्वकप २०२६ यही जुन ११ देखि सुरु हुँदैछ । अमेरिका, मेक्सिको र क्यानडाले विश्व फुटबलको महाकुम्भ आयोजना गर्दैछन् ।
विश्वभर फुटबलका करोडौँ समर्थक छन् । नेपालमा पनि लाखौँ फुटबल प्रेमीहरू छन् । विश्वकप फुटबलसँगै अनलाइन बेटिङ र सट्टेबाजीको प्रलोभन देखाएर ठगी हुने गरेको घटना यसअघि पनि सार्वजनिक भएको थियो । यसपटकको विश्वकपमा पनि त्यस्ता घटना हुनसक्ने भन्दै प्रहरीले सचेत गराएको छ ।
प्रहरीले आफ्नो फेसबुक पेजमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै सट्टेबाजी सञ्चालन नगर्न र नखेल्न सबैलाई सचेत गराएको हो । प्रहरीका अनुसार ‘थोरै पैसा लगानी गरौँ धेरै पैसा कमाऔँ र घर बसेरै पैसा कमाऔँ’ जस्ता आकर्षक स्किम र विज्ञापन सामाजिक सञ्जालमा पोस्ट गरेर गिरोहले प्रलोभनमा पार्छन् ।
मोबाइल स्क्रिनमा आउने त्यस्ता विज्ञापनलाई विश्वास नगर्न र ठगीको ‘सिकार’ नबन्न प्रहरीले आग्रह गरेको छ । दुई जना प्रहरी निरीक्षकले भिडियो सन्देशमा भनेका छन्, ‘सजिलै पैसा कमाउन बेटिङको प्रलोभनमा पर्नुभयो भने तपाई सजिलै ठगीको सिकार बन्ने निश्चित छ ।’
उनीहरूका अनुसार घरमा बसेर पैसा कमाउन खोज्नेहरूलाई ठगी धन्दा सञ्चालन गर्नेले सुरुमा केही जितेको जस्तो देखाउँछन् त्यसपछि थप रकम हाल्न प्रेरित गरेर ठग्छन् ।
मुलुकी अपराध संहिता २०७४ अनुसार सट्टेबाजी गर्नु हुँदैन । अनलाइन सट्टेबाजी सञ्चालन गर्ने र खेल्नेहरू दण्डनीय काम भएको भन्दै टोल छिमेकमा त्यस्ता गतिविधि भएको थाहा पाएमा खबर गर्न प्रहरीले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
-
सरकारले भन्याे– आइतबारको बिदा खारेज गर्न लागिएको होइन
-
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द
-
सरकारमाथि निगरानी गर्दै कांग्रेस, अब मन्त्रालयगत संयोजक सक्रिय
-
बहिर्गमनको चर्चाबारे पत्रकारले प्रश्न गरेपछि स्वास्थ्यमन्त्री मेहताले के भनिन् ?
-
'शिक्षा र स्वास्थ्यमा कर लगाउने नीति सैद्धान्तिक रूपमा गलत छ, यसले महँगी बढाउँछ'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण