पाकिस्तानी गृहमन्त्री र इरानी विदेशमन्त्रीबिच भेटवार्ता
सारांश
- पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले आइतबार इरानका विदेशमन्त्री अब्बास अराघचीसँग तेहरानमा भेटवार्ता गरेका छन्।
- भेटमा क्षेत्रीय सुरक्षा, अमेरिका-इरान सम्बन्ध र जारी शान्ति प्रक्रियाबारे छलफल भएको छ।
- पाकिस्तानले अमेरिका-इरान युद्धविरामलाई दीर्घकालीन बनाउन मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ।
काठमाडौँ । अमेरिका र इरानबिच कायम युद्धविरामलाई मजबुत बनाउने प्रयास जारी रहेका बेला पाकिस्तानका विशेष दूत तथा गृहमन्त्री मोहसिन नक्वीले आइतबार इरानका विदेशमन्त्री अब्बास अराघचीसँग तेहरानमा भेटवार्ता गरेका छन्।
इरानी अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार दुवै नेताबिच क्षेत्रीय सुरक्षा अवस्था, अमेरिका–इरान सम्बन्ध र जारी शान्ति प्रक्रियाबारे छलफल भएको छ। पाकिस्तानले अप्रिल महिनादेखि लागू भएको अमेरिका–इरान युद्धविरामलाई दीर्घकालीन बनाउन दुवै पक्षबिच मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ।
भेटवातौअघि शनिबार राति मोहसिन नक्वीले इरानका गृहमन्त्री एस्कन्दर मोमेनीलाई पनि भेटेका थिए। त्यस अवसरमा उनले आफू पाकिस्तानका सेना प्रमुख असिम मुनिरको सन्देश लिएर इरान आएको बताएका थिए । उक्त सन्देश इरानका सर्वाेच्च नेता आयातोल्लाह मोज्तबा खामेनीलाई सम्बोधन गरिएको बताइएको छ।
यद्यपि अमेरिका र इरानबिच अझै पनि धेरै महत्त्वपूर्ण विषयमा मतभेद कायम छन् । इरानको युरेनियम संवर्द्धन कार्यक्रम, संवर्द्धित युरेनियमको मौज्दात, विदेशस्थित बैंकहरूमा रोक्का गरिएका अर्बौँ डलर बराबरका इरानी सम्पत्ति फुकुवा गर्ने माग तथा स्ट्रेट अफ हर्मुजमार्फत हुने समुद्री आवागमनको स्वतन्त्रता जस्ता विषयमा सहमति जुट्न सकेको छैन।
यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एक अन्तर्वार्तामा इरानीहरू बलिया र गर्विला रहेको उल्लेख गर्दै अन्ततः केही त्यस्ता कदम चाल्न बाध्य हुने बताएका छन्, जुन उनीहरूले पहिले कहिल्यै स्वीकार गर्ने कल्पना गरेका थिएनन् भनेका थिए।
ट्रम्पले यसअघि पनि अमेरिका र इरानबिचको समझदारीपत्र अन्तिम रूप दिन समय लाग्न सक्ने भन्दै धैर्य अपनाउन आफू तयार रहेको बताएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
-
‘नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यलाई अद्यावधिककाे नाममा दिइएकाे दबाब अत्यन्त घातक छ’
-
आयोजनाहरूको इन्ट्री धमाधम, मुख्यमन्त्रीकै प्रतिबद्धता लागु भएन
-
विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
-
किशोरीमाथि सामूहिक जबर्जस्ती करणी आरोपमा तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण