रास्वपा केन्द्रीय कार्यालयमा प्रदर्शन
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वनस्थलीमा बाराको कलैया उपमहानगरपालिकाका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् ।
- पार्टीको नगर अधिवेशनको निर्वाचन परिणामलाई लिएर विवाद उत्पन्न भएपछि पारदर्शिताको माग गर्दै कार्यकर्ताहरूले केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् ।
- कार्यकर्ताहरूले एक पटक निर्वाचन सम्पन्न भई विजयी घोषणा भइसकेपछि पुनः निर्वाचन गराउने निर्णय स्वीकार्य नहुने बताएका छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वनस्थलीमा बाराको कलैया उपमहानगरपालिकाका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् ।
पार्टीको नगर अधिवेशनको निर्वाचन परिणामलाई लिएर विवाद उत्पन्न भएपछि पारदर्शिताको माग गर्दै कार्यकर्ताहरूले आइतबार केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् ।
आन्दोलित कार्यकर्ताका अनुसार कलैया उपमहानगरपालिकाको नगर अधिवेशनमा उमाशङ्कर रौनियार १२४ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका थिए ।
निर्वाचित पदाधिकारीको शपथ ग्रहणसमेत सम्पन्न भइसकेपछि पुनः निर्वाचन गराउने सूचना जारी गरिएपछि विवाद सुरु भएको उनीहरूको भनाइ छ ।
प्रदर्शनकारीहरूले मधेस प्रदेश समितिका तर्फबाट ५० प्लस १ बहुमत नपुगेको भन्दै पुनः निर्वाचनको सूचना जारी गरिएको दाबी गरेका छन् । उनीहरूले उक्त निर्णय पार्टी विधान र लोकतान्त्रिक प्रक्रिया विपरीत रहेको आरोप लगाएका छन्।
उनीहरुले एक पटक निर्वाचन सम्पन्न भई विजयी घोषणा भइसकेपछि पुनः निर्वाचन गराउने निर्णय स्वीकार्य नहुने बताएका छन्। कार्यकर्ताहरूले कुनै आधिकारिक लेटरहेड वा हस्ताक्षरबिना सामाजिक सञ्जालमार्फत निर्वाचन रद्द गरिएको भन्दै पार्टी नेतृत्वसँग स्पष्ट जवाफ तथा निष्पक्ष निर्णयको माग गरेका छन्।
साथै पार्टीले सञ्चालन गरिरहेको अधिवेशन प्रक्रियामा पारदर्शिता कायम गर्नुपर्ने र विधानसम्मत निर्णय गर्नुपर्ने माग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण