रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हिक्मत जंग कार्कीलाई पार्टीको केन्द्रीय अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्यमा मनोनीत गरेको छ ।
- कार्की अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक क्षेत्रमा लामो अनुभव भएका युवा हुन् र उनले विश्वभरका युवा लोकतन्त्रवादीहरू आबद्ध सङ्गठनको सहअध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् ।
- उनले अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका छन् र विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको केन्द्रीय अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्यमा हिक्मत जंग कार्कीलाई मनोनीत गरेको छ ।
काठमाडौँ निवासी कार्कीलाई पार्टीको विधान, नीति, सिद्धान्त र विभागको नियमावली बमोजिम पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वासका साथ मनोनयन गरिएको पार्टीले जनाएको छ ।
नवनियुक्त सदस्य कार्की अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक क्षेत्रमा लामो अनुभव भएका युवा हुन् । उनीसँग विश्वभरका युवा लोकतन्त्रवादीहरू आबद्ध सङ्गठनको सहअध्यक्षको भूमिका निर्वाह गरिसकेको अनुभव छ ।
उनले युनिभर्सिटी अफ इस्ट लन्डनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा सामाजिक शास्त्रमा स्नातक तहको अध्ययन पूरा गरेका छन् ।
विगतमा उनले उनले पोल्याण्डमा सम्पन्न संयुक्त राष्ट्र संघीय 'वर्ल्ड अर्बन फोरम', अमेरिकाको वासिङ्टन डिसी र न्यूजील्याण्डमा भएका 'प्रजातान्त्रिक फोरम' लगायत फिनल्याण्ड, जर्मनी, मोरक्को, बेलायत लगायतका विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिनिधित्व गर्दै नीतिगत संवाद र विश्वव्यापी सञ्जालमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
सहरी योजनामा समेत विज्ञता राख्ने कार्कीले नेपाल सरकारको सहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास कोषमा सञ्चालक समिति सदस्यको रूपमा सेवा गरिसकेका छन् ।
विभागमा मनोनीत भएसँगै कार्कीले पार्टीको विधान, नीति र सिद्धान्तप्रति पूर्ण प्रतिबद्ध रहँदै नेतृत्वको मार्गदर्शनमा अन्तर्राष्ट्रिय सम्बन्धलाई थप सुदृढ, प्रभावकारी र विस्तार गर्न आफ्नो तर्फबाट निरन्तर प्रयास रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण