सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित

सोमबार, २५ जेठ २०८३, ०६ : ५४
सोमबार, २५ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेखको सभापतिमा बखतबहादुर भण्डारी ९२ मतसहित निर्वाचित भएका छन्।
  • सभापतिका लागि चार जना आकांक्षी रहेका थिए, जसमा प्रकाश बुढाले ६९, विनी बहादुर शाहीले ४३ र निवर्तमान सभापति मित्र प्याकुरेलले ४१ मत पाए।
  • उपसभापतिमा गणेश शाही, सचिवमा रमेश केसी र सहसचिवमा रामबहादुर शाही निर्वाचित भएका छन्।

‎‎सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) दैलेखको सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित भएका छन्। ‎सोमबार बिहान सम्पन्न मतगणना अनुसार उनले ९२ मतसहित विजयी भएका हुन्।

‎‎दैलेखमा सभापतिका लागि चार जना आकाङ्क्षी थिए । जसमा कारण निर्वाचन नै गर्नु परेको थियो। ‎जसमा प्रकाश बुढाले ६९, विनी बहादुर शाहीले ४३ र निवर्तमान सभापति मित्र प्याकुरेलले ४१ मत प्राप्त गरे ।

‎‎यस्तै उपसभापतिमा गणेश शाही, सचिवमा रमेश केसी, सहसचिवमा रामबहादुर शाही निर्वाचित भएका छन्। ‎सभापतिमा निर्वाचित भण्डारीले ०७९ मा दैलेख-२ मा रास्वपाबाटै प्रतिनिधि सभा चुनाव पनि लडेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप