रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको सभापतिमा महेन्द्रप्रसाद उपाध्याय निर्वाचित भएका छन्।
आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित मणिग्राममा सम्पन्न जिल्ला अधिवेशनबाट आफ्ना प्रतिस्पर्धी आशिष न्यौपानेलाई १५३ मतान्तरले पराजित गर्दै उपाध्याय सभापतिमा निर्वाचित भएका हुन्। मतदानमा उपाध्यायले २९६ मत प्राप्त गर्दा न्यौपानेले १४३ मत मात्र पाए।
यस्तै, जिल्ला उपसभापति पदमा दुर्गाप्रसाद अर्याल विजयी भएका छन्। अर्यालले २३८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी रचना क्षेत्रीले १८९ मत ल्याइन्। सचिव पदमा ज्ञानेन्द्र पाण्डे २३७ मतसहित विजयी भएका छन् भने उनका प्रतिस्पर्धी मोहनविक्रम जिसीले २०३ मत प्राप्त गरे। सहसचिवमा बाबुराम अर्याल २७९ मतसहित विजयी हुँदा प्रतिस्पर्धी प्रेमनारायण तिवारीले १४८ मत प्राप्त गरे।
कार्यसमिति सदस्यहरूमा शर्मिला आचार्य ३२२ मत, अनिता पन्थी २६७ मत, जमुना सापकोटा १६० मत, रामनाथ हरिजन १७२ मत र राजबहादुर क्षेत्री २४० मत प्राप्त गरेर विजयी भएका छन्। निर्वाचन समितिका अनुसार रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रको संयोजकको पनि टुङ्गो लागेको छ।
जसअनुसार क्षेत्र नं १ को संयोजकमा खडानन्द पौडेल, क्षेत्र नं २ को संयोजकमा विष्णुप्रसाद पौडेल, क्षेत्र नं ३ को संयोजकमा छविलाल शर्मा, क्षेत्र नं ४ को संयोजकमा विश्वनाथ शर्मा र क्षेत्र नं ५ को संयोजकमा शेषकान्त गैरे ‘समिर’ विजयी भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
-
सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो
-
फिलिपिन्समा भूकम्पमा परेर ३ जनाको मृत्यु, ५ जना घाइते
-
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
-
के तपाईंको सम्बन्ध भावनात्मक रूपमा असुरक्षित छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण