रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरको जिल्ला अधिवेशनमा सभापति पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
- उपसभापति, सचिव र सहसचिव पदका लागि पनि क्रमशः ५, ४ र ४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
- प्रतिनिधि छनोटको विषयलाई लिएर विवाद बढेपछि अधिवेशनको मतदान प्रक्रिया रोकिएको छ।
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरको जिल्ला अधिवेशनमा नेतृत्वका लागि उम्मेदवारी दर्ता प्रक्रिया सकिएको छ। निर्वाचन समितिका अनुसार नयाँ नेतृत्व चयनका लागि भएको मनोनयन दर्तामा सभापति पदका लागि मात्रै ६ जनाले उम्मेदवारी दिएका छन्।
नवलपुरको नेतृत्व लिन कृष्ण प्रसाद शर्मा, गोकुल सापकोटा, दोमन बहादुर भण्डारी, सिता कुमारी अर्याल, नरिश्वर लामिछाने र नेत्र प्रसाद भुसालले सभापतिमा आफ्नो दावेदारी प्रस्तुत गरेका हुन्।
जिल्लाको अन्य पदमा पनि तीव्र प्रतिस्पर्धा देखिएको छ। उपसभापति पदका लागि ५ जना, सचिवका लागि ४ जना र सहसचिवका लागि ४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। उपसभापतिमा माया भण्डारी, जग बहादुर राना, केशव पौडेल, शुभद्रा पराजुली अधिकारी र रिता पोखरेलले उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरी, सचिव पदमा विष्णु कँडेल, सुदिप न्यौपाने, रमेश अधिकारी र ऋषीराम भण्डारी उम्मेदवार बनेका छन् भने सह–सचिवका लागि सन्त बहादुर थापा मगर, चन्द्र बहादुर परियार, पुरुषोत्तम गैरे र राज कुमार केसीले मनोनयन दर्ता गराएका छन्।
उत्साहजनक रूपमा उम्मेदवारी दर्ता सम्पन्न भए पनि प्रतिनिधि छनोटको विषयलाई लिएर विवाद बढेपछि अहिले अधिवेशनको मतदान प्रक्रिया भने रोकिएको छ। रास्वपा नवलपुरका अनुसार आन्तरिक प्रतिनिधि विवादका कारण मतदान रोकिएकाले सहमति जुटाएर प्रक्रिया अगाडि बढाउने प्रयास भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न (विवरणसहित)
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण