रोनिश र तोशारा ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ घोषित
सारांश
- ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ (सिजन १३) मा तोशारा धनाहा मगर र रोनिश मानन्धर विजेता घोषित भएका छन् ।
- विजेता दुवैले नगद २ लाख रुपैयाँसहित उपाधि हात पारे ।
- विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा उजागर गर्दै उनीहरूलाई व्यक्तित्व विकास र सौन्दर्य क्षेत्रतर्फ प्रोत्साहित गर्ने उद्देश्यले यो प्रतियोगिता हरेक वर्ष आयोजना गरिँदै आएको छ ।
काठमाडौँ । ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ (सिजन १३) मा तोशारा धनाहा मगर र रोनिश मानन्धर विजेता घोषित भएका छन् । तोशारा किशोरीतर्फ र रोनिश किशोरतर्फ विजेता बनेका हुन् । विजेता दुवैले नगद २ लाख रुपैयाँसहित उपाधि हात परे।
नवप्रतिभाहरूको व्यक्तित्व, प्रतिभा र सिर्जनात्मक क्षमताको पहिचान गराउने उद्देश्यले आयोजित प्रतियोगितामा किशोरीतर्फ क्रिजल लिम्बु फस्ट रनर्सअप तथा आभा राजोपाध्याय सेकेण्ड रनर्सअप, हृदिमा तिमल्सिना थर्ड रनर्सअप र स्मारिका तामाङ फोर्थ रनर्सअप चुनिँदा सुहासी खड्गी फिफ्थ रनर्सअप भइन् ।
त्यस्तै, किशोरतर्फ ओजल ढाख्वा फस्ट रनर्सपअ तथा सुप्रित लामिछाने सेकेन्ड रनर्सअप भए। प्रतियोगितामा विभिन्न विशेष विधाअन्तर्गत पनि सहभागीहरू पुरस्कृत भए । किशोरीतर्फ स्मारिका तामाङ मोस्ट पपुलर विनर, थेरेशा शाही पब्लिक च्वाइस विनर तथा सरगम साउद मोस्ट एक्टिभ घोषित भए।
यस्तै, यशस्वी शाक्यले ब्यूटी विथ ब्रेन, आभा राजोपाध्यायले मिस ट्यालेन्ट, सुहासी खड्गीले मोस्ट फोटोजेनिक, कृति शाक्यले बेस्ट स्टोरीटेलिङ र बेस्ट कन्टेन्ट क्रिएटर तथा तोशारा धनाहा मगरले फेसन आइकनको उपाधि जितिन्।
किशोरतर्फ स्वरुप बिष्ट मोस्ट पपुलर विनर, रोनिश मानन्धर पब्लिक च्वाइस विनर र मोस्ट इन्टेलिजेन्ट, सुसन मोक्तान तामाङ मिस्टर र्याम्पवाक तथा स्वरुप बिष्ट मोस्ट फोटोजेनिक र मिस्टर ह्यान्डसम घोषित भए।
प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ शिक्षाविद् डा. लाक्पा शेर्पा, वरिष्ठ ड्रेस डिजाइनर सोनाम सुब्बा लिम्बु तथा इभेन्ट म्यानेजर कामना पौडेल रहेका थिए । कार्यक्रमको कोरियोग्राफी सुमी बानियाँले गरेकी थिइन् ।
आयोजक संस्था एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लब बहादुर कार्कीका अनुसार विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा उजागर गर्दै उनीहरूलाई व्यक्तित्व विकास र सौन्दर्य क्षेत्रतर्फ प्रोत्साहित गर्ने उद्देश्यले मिस्टर एण्ड मिस एसईई आइकन प्रतियोगिता हरेक वर्ष आयोजना गरिँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण