चन्द्रमाको अँध्यारो हिस्साबाट ल्याइएको माटोको नमुना रुसी वैज्ञानिकलाई दिइयाे
सारांश
- चीनले चन्द्रमाको अँध्यारो भागबाट सङ्कलन गरिएको माटोको नमुना पहिलोपटक रुसी वैज्ञानिकहरूलाई उपलब्ध गराएको छ ।
- चाङ्ए-६ चन्द्र अभियानले सङ्कलन गरेको १.५ ग्राम माटो जुन ३ मा रुसको अन्तरिक्ष अनुसन्धान संस्थानलाई हस्तान्तरण गरिएको हो ।
- यो हस्तान्तरण रुस-चीनबिच अन्तरिक्ष विज्ञान तथा चन्द्र अन्वेषणसम्बन्धी सहकार्य विस्तार गर्ने प्रयासअन्तर्गत भएको हो ।
काठमाडौँ । चीनले पृथ्वीदेखि प्रत्यक्ष नदेखिने चन्द्रमाको अन्धकार भागबाट सङ्कलन गरिएको माटोको नमुना पहिलोपटक रुसी वैज्ञानिकहरूलाई उपलब्ध गराएको छ ।
चीनको चाङ्ए–६ चन्द्र अभियानले सङ्कलन गरेको १ दशमलव ५ ग्राम माटो जुन ३ मा रुसको अन्तरिक्ष अनुसन्धान संस्थान अन्तर्गतको ग्रह भौतिक शास्त्र विभागलाई हस्तान्तरण गरिएको हो ।
रुसी संस्थानले जारी गरेको वक्तव्यमा यो हस्तान्तरण रुस–चीनबिच अन्तरिक्ष विज्ञान तथा चन्द्र अन्वेषणसम्बन्धी सहकार्य विस्तार गर्ने प्रयासअन्तर्गत भएको हो ।
वैज्ञानिकहरूले उक्त नमुनाको रासायनिक तथा खनिज संरचनाको विस्तृत अध्ययन गर्नेछन् । विशेष गरी चन्द्रमाको माटोभित्र खनिजहरूमा सुरक्षित रहेका हुन सक्ने वाष्पशील (भोलाटाइल) यौगिकहरूको खोजीमा अनुसन्धान केन्द्रित हुने बताइएको छ।
यस्ता यौगिकहरूको पहिचान हुन सकेमा चन्द्रमाको उत्पत्ति र विकासक्रमबारे थप जानकारी प्राप्त गर्न मद्दत पुग्ने विश्वास गरिएको छ। साथै भविष्यमा चन्द्रमामा आत्मनिर्भर मानव बस्ती स्थापना गर्ने योजनाका लागि पनि यसले महत्त्वपूर्ण वैज्ञानिक आधार प्रदान गर्न सक्छ।
रुसी अन्तरिक्ष अनुसन्धान संस्थानका अनुसार यो हस्तान्तरण दुवै देशबिच भएको संयुक्त अनुसन्धान सम्झौताअन्तर्गत गरिएको हो। उक्त सम्झौताले चन्द्रमा मात्र होइन, ग्रहहरू तथा सौर्यमण्डलका अन्य खगोलीय पिण्डबाट प्राप्त नमुनाहरूको संयुक्त अध्ययन गर्ने व्यवस्था गरेको छ ।
चीनको चाङ्ए–६ अभियानले सन २०२४ मा चन्द्रमाको अँध्यारो हिस्साबाट सफलतापूर्वक नमुना सङ्कलन गरेर पृथ्वीमा ल्याएको थियो । यो उपलब्धि हासिल गर्ने चीन विश्वकै पहिलो देश बनेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहको बजेट निर्माणमा सहजीकरण गर्न मन्त्रालय सक्रिय, समिति गठन गर्दै फिल्डमा खटायो टोली
-
मानव अधिकार आयोगको कारबाही सिफारिस, तर सरकार गर्छ पुरस्कृत
-
रास्वपा कर्णाली प्रदेशको नेतृत्वका लागि ५ जनाबिच रस्साकस्सी
-
झुपडीमा बस्दै आएका मीमबहादुरलाई घर
-
युरोप क्षेत्रीय सम्मेलन सफल बनाउन एनआरएनए युरोप सक्रिय
-
भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष जोडिए सुनचाँदी ठगी प्रकरणमा, बिचौलियाको भूमिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण