नेपाल प्रहरीका ५०९ जना इन्स्पेक्टरको एकैपटक सरुवा (सूचीसहित)
बिहीबार, २८ जेठ २०८३, ०६ : ५७
सारांश
- नेपाल प्रहरीले ५०९ जना प्रहरी निरीक्षकहरूको एकैपटक सरुवा तथा काज हेरफेर गरेको छ।
- जनपद प्रहरी समूहका इन्स्पेक्टरहरूलाई विभिन्न कार्यालयमा सरुवा तथा काज गरिएको हो।
- सरुवा भएका अधिकारीहरूले आगामी २०८३ साल असार महिनादेखिको तलब र भत्ता सरुवा भएको नयाँ दरबन्दीबाट पाउने व्यवस्था मिलाइएको छ।
काठमाडौँ । नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको सरुवा तथा काज हेरफेर गरेको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले बुधबार एकैपटक ५०९ जना प्रहरी निरीक्षकहरूको सरुवा गरेको हो।
जनपद प्रहरी समूहका ५०९ जना इन्स्पेक्टरहरूलाई विभिन्न कार्यालयमा सरुवा तथा काज गरिएको हो। सरुवा भएका अधिकारीहरूले आगामी २०८३ साल असार महिनादेखिको तलब र भत्ता सरुवा भएको नयाँ दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको विभागले जनाएको छ।
सरुवा सूची अनुसार विभिन्न जिल्लाका इलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, प्रहरी प्रभाग र प्रधान कार्यालयका विभिन्न विभागहरूमा कार्यरत इन्स्पेक्टरहरूको जिम्मेवारी हेरफेर गरिएको छ।
प्रहरी प्रधान कार्यालयले आवश्यकता र नियमित प्रक्रिया अन्तर्गत यो सरुवा गरिएको बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण