प्रधानमन्त्री र अर्थमन्त्रीप्रति झाँक्रीको कटाक्ष–मूर्ख देखि दैव डराउँछ भन्थे, हो रहेछ
सारांश
- पूर्वमन्त्री रामकुमारी झाँक्रीले प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको कार्यशैलीको आलोचना गरेकी छन् ।
- जेठ १७ गते संसदमा प्रधानमन्त्रीको अभिव्यक्ति र अर्थमन्त्रीले संसदमा पेस गरेको भन्दा फरक करका दर कार्यान्वयनमा ल्याएको विषयलाई झाँक्रीले उठाएकी छन् ।
- उनले यस्ता विषयले संसदमा पर्याप्त प्रवेश पाउनुपर्नेमा जोड दिँदै अब संसदको प्रभावकारिताका लागि विरोधका तरिका फेर्नुपर्ने बताएकी छन् ।
काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा(एमाले)का राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको कार्यशैलीप्रति कटाक्ष गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकबाट झाँक्रीले प्रधानमन्त्री र अर्थमन्त्रीको कार्यशैलीप्रति कटाक्ष गरेकी हुन् ।
जेठ १७ गते संसदमा प्रधानमन्त्री बालेनले दिएको अभिव्यक्तिले सबैलाई लज्जाबोध गरेको भन्दै उनले त्यसकै कारण संसद चल्न नसकेको स्पष्ट पारेकी छिन् । यसैबेला अर्थमन्त्रीले संसदमा पेस गरेको भन्दा फरक करका दर रेटहरू कार्यान्वयनमा लानु, भित्री सूचना चाहाएर अर्बौँको राजश्व छलीका कारण केही व्यक्तिले लाम लिने अवस्था सिर्जना भएको झाँक्रीको आरोप छ ।
यी र यस्ता विषयले संसदमा पर्याप्त प्रवेश पाउनुपर्ने थियो। तर त्यसो पनि हुन सकेको छैन। हामीलाई जनताको डर छ, यस्ता कुकर्मलाई अनदेखा गरे जस्तो भएको छ। अब हामी संसदको प्रभावकारिताको लागि हाम्रा विरोध र असहमतिका तरिका फेर्नुपर्नेछ, अब फेरौँ । ‘मूर्ख देखि दैव डराउँछ’ भन्थे हो रहेछ। नेपाली उखान चरितार्थ भएको छ’, उनले लेखेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् चलाउन एक कदम पछाडि हटेका हौँ, प्रधानमन्त्रीलाई माफी दिएका होइनौँ : प्रमुख सचेतक दुलाल
-
झापामा २४ जना फरार अभियुक्त पक्राउ
-
अमेरिकी अधिकारीहरू भर्ती गर्न प्रयोग गरिएका १२ भन्दा बढी वेबसाइट एफबीआईको कब्जामा
-
चार दिनपछि खुल्यो 'हिट एन्ड रन' को रहस्य : टिपर चालक पक्राउ
-
सरकारले गरेका नीतिगत घोषणालाई अब नयाँ नेतृत्वले कार्यान्वयन गराउनुपर्छ : अध्यक्ष कार्की
-
सडक भाँसिएर मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण