संसदमा पठाउने विधेयकबारे मन्त्रालयहरूसँग छलफल गर्दै कानुन मन्त्रालय
सारांश
- कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष ०८३/०८४ मा सङ्घीय संसदमा पठाउने विधेयकको सूची तयार पार्न मन्त्रालयहरूसँग छलफल प्रारम्भ गर्दैछ ।
- कानुन मन्त्री सोविता गौतमले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र महिला, बालबालिका, लैगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीसँग छलफल गर्नेछिन् ।
- विधायन ऐनअनुसार हरेक वर्ष असार मसान्तभित्र सङ्घीय संसदमा पेस गर्ने विधेयकहरूको प्राथमिकताक्रम सहितको सूची तयार गर्नुपर्ने व्यवस्था छ ।
काठमाडौँ । कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष ०८३/०८४ मा सङ्घीय संसदमा पठाउने विधेयकको सूची तयार पार्न आजदेखि मन्त्रालयहरूसँग छलफल प्रारम्भ गर्दैछ ।
कानुन मन्त्री सोविता गौतमले बिहीबार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र सचिव मदन भुजेल तथा महिला, बालबालिका, लैगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादी र सचिव राधिका अर्यालसँग छलफल गर्न लागेको कानुन मन्त्रालयले जनाएको छ ।
महिला मन्त्री वादीसँग ३ बजे र भूमिमन्त्री रावलसँग ४ बजे कानुन मन्त्रालयमा छलफल हुनेछ । मन्त्रीहरूसँग के–के विधेयकको तयारी भइरहेको छ भनेर ब्रिफिङ लिने र आवश्यक समन्वय गरिने बताइएको छ ।
विधायन ऐनअनुसार हरेक वर्ष असार मसान्तभित्र सङ्घीय संसदमा पेस गर्ने विधेयकहरूको प्राथमिकताक्रम सहितको सूची तयार गर्नुपर्ने कानुनी व्यवस्था छ । यसका लागि सम्बन्धित मन्त्रालयले वार्षिक कार्यतालिकाको रूपमा विधेयकको सूची कानुन मन्त्रालयमा पेस गर्नुपर्छ ।
‘कानुन मन्त्रीले आगामी आर्थिक वर्षमा पेस गर्ने विधेयक फाइनल गर्न मन्त्रालयहरूसँग क्रमबद्ध छलफल गर्नुहुन्छ,’ मन्त्रीको सचिवालयले भनेको छ, ‘असारसम्म सबै विधेयकको सूची पठाउन कानुन मन्त्रालयले तयारी गरिरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले हानेका २० मिसाइल खसालेको जोर्डनको दाबी
-
विश्वकप फुटबल : नेपालमा जर्सी किन्नेहरूको भिड (तस्बिरहरू)
-
आन्तरिक ऋणमा सरकारले यसपटक पनि लत्यायो वित्त आयोगको सिफारिस
-
ईभी भन्सार दर परिवर्तनको विवाद : लेखा समितिमा सांसदहरू दुई धारमा
-
ओमानबाट इरान जाँदै गरेको जहाजमा अमेरिकी सेनाको प्रहार
-
गुरु रंधावालाई निशाना बनाएर दिल्लीमा चल्यो गोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण